‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – जेरार्ड पिके

‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – जेरार्ड पिके

एजेन्सी – बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेले यस वर्षको ब्यालन डी’ओरको उपाधि रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने अभिव्यक्ति दिएका छन्। उनले कतारी च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्।

रोनाल्डोले व्यक्तिगत रुपमा टोलीलाई ठुलो सफलता हात पर्न सहयोग गरेका हुनाले उनले उपाधि जित्नेमा शंका नरहेको बताए। ‘ रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिते। त्यसैले यस उपाधिका लागि उनि हकदार खेलाडी हुन्।’

उनले इतिहासलाई हेर्ने हो भने मेस्सी अरुभन्दा अब्बल रहेको पनि बताए। ‘लियोनेल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। त्यसपछि मात्र अरु खेलाडीको नाम आउन सक्छ।’

रियल म्याड्रिडका डिफेन्डर एवं कप्तान सर्जियो रामोससँगको उनको सम्बन्धबारे पनि पिकेले खुलेर बोले। ‘बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धा निकै ठुलो रहेको छ। रामोसले सधैं म्याड्रिडको पक्षमा बोल्छन भने मा बार्सिलोनाको समर्थन लिएर बोल्छु। तर राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दा हामी एकजुट भएर मैदानमा उत्रने गर्दछौं।’

म्याड्रिड र बार्सिलोना प्रि-सिजन अन्तर्गतको खेलमा जुलाईको अन्तिम सातामा एकआपसमा भिड्दैछन्। उक्त खेलमा क्रिस्टियानो रोनाल्डो भने उपस्थित हुने छैनन्।

तपाइँको प्रतिक्रिया ।