अछाम जिल्लाको कैलासखोलामा जिप दुर्घटना हुदा ५ जना घाईते

एकेन्द्र महता असार २८, अछाम
अछाम जिल्लाको सदरमुुकाम मंगलसैन ४ कैलास खोलामा जिप दुर्घटना हुदा जिपमा सवार ५ जना घाईते भएका छन । धनगडी बाट मंगलसैन आउदै गरेको से १ ज ३६८ नम्बरको जिप दिउसो करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते हुनेमा मंगलसैन नगरपालीका ५ का २४ बर्षिया प्रेम भाट, मंगलसैन नगरपालीका ४ का ४० बर्षिया मथुरा रावल, मंगलसैन नगरपालीका वडा नम्बर ६ ठुलासैनका लक्ष्मण प्रसाद भण्डारी, रामारोशन गाँउपालीका ६ भाटाकाटियाका ३४ बर्षका लाल सिंह परियार र जयगढ बान्नीगढी गाँउपालीका वडा नम्बर ५ का ४५ बर्षया कृष्ण कडायत रहेको प्रहरी जानकारी दिएको छ ।
घाईते मध्ये मथुरा र लक्ष्मणको टाउको र शरीरको बिभीन्न ठाउमा गम्भिर चोट लागेको बताईएको छ । घाईते पाचै जनाको जिल्ला अस्पताल मंगलसैनमा उपचार भईरहेको छ । जिप सडक बाट करिब १५ मिटर तल खसेको थियो । चालकको लापरबाहिको कारणले जिप दुुर्घटना भएको दुर्घटनामा घाईते सवार लक्ष्मण भण्डारी ले बताए ।
तपाइँको प्रतिक्रिया ।