जिल्ला खेलकुद विकास समिति काठमाडौ द्वारा विद्यालयहरुलाई नगद पुरस्कार प्रदान

जिल्ला खेलकुद विकास समिति काठमाडौ द्वारा विद्यालयहरुलाई नगद पुरस्कार प्रदान

कपन अनलाइन

काठमाडौँ,असार २८।

जिल्ला खेलकुद विकास समिति काठमाडौले नवौ राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा बिजेता विद्यालयहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय ज्ञानेश्वरमा भएको कार्यक्रमामा प्रथम र दितीय हुने विद्यालयहरुलाई क्रमस ५०,००० र २५,००० नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा सैनिक मावी काठमाडौँ प्रथम र सेक्रेट हार्ट मावी ,गोलढुंगा दितीय भएका थिए । सोहि कार्यक्रममा काठमाडौँ जिल्ला भरिका प्रतियोगिता मा सहभागी सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई नगद १०००० प्रदान  गरिएको थियो । यसै अवसरमा न्यु डायमण्ड क्लव बालाजुलाई भलिवल खेलमा योगदान पुर्याए वापत नगद १०००० प्रदान गरिएको थियो ।

सहभागीको तर्फबाट सेक्रेट हार्ट मावीका प्रतिनिधिले यस्ता कार्यक्रम र प्रतियोगिताले विद्यार्थीरुको क्षमता विकास र सृजनशीलता बढाउन सहयोग पुग्ने बताए ।

यस्ता प्रतियोगितामा अझै विद्यालय र विद्यार्थीको संख्या बृद्धि  गरि आवस्यक स्थानमा जिल्ला बाट प्रशिक्षक उपलव्ध गराउने प्रतिवदत्ता जिल्ला खेलकुद विकास समिति काठमाडौका अध्यक्ष धुर्वराज न्यौपानेले बताए ।

कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद समितिका उपाध्यक्ष बद्री भट्टराई ,कोषाध्यक्ष केसव श्रेष्ठ ,सदस्यहरु देवराज लामा ,दिपा वन , देवेन्द्र तन्डुकार ,जय गुरुङ ,सुर्य बुढाथोकी,कार्यालय प्रमुख लीलाराम बस्नेत  तथा सहभागी विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।