सांसद मिरा ध्वजूको सहयोगमा बुनपा ६ मा सोलार बत्ती जडान

सांसद मिरा ध्वजूको सहयोगमा बुनपा ६ मा सोलार बत्ती जडान

कपन अनलाइन

काठमाडौँ,असार २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का धरमपुर, टनगाउँ र अाेखलगाउँ हरुमा सांसद  निर्वाचन क्षेत्र बिकास काेषको रकम बाट सोलार बत्ती जडान गरिएको छ । यो सोलार बत्ती जडान  सांसद मीरा ध्वजूको सांसद विकास कोषको रकम र बुनपा वडा नं ६ को सहयोगमा  जडान गरिएको हो।

यस वडाका विभिन्न स्थान हरुमा ८ वटा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडान  गरिएका गाउँ हरु बुनपाका प्राचिन र ऐतिहासिक स्थानका रुपमा परिचित छन ।

वडा नं ६ ले अन्य स्थानमा पनि सोलार बत्ती जडान गर्ने योजना बनाएको वडाले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।