नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को सदस्य संघ/संस्थाहरुलाई पुरस्कार तथा सम्मानका लागि आव्हान

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को सदस्य संघ/संस्थाहरुलाई पुरस्कार तथा सम्मानका लागि आव्हान

कपन अनलाइन

काठमाडौँ,असार २८।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को साउन ३२ गते हुन लागिरहेको ३० औं स्थापना दिवसको अवसरमा संघले सदाझै यस बर्ष पनि विभिन्न विधामा उत्कृष्ठ सदस्य संघ/संस्थाहरु, अभियानका सहकारीकर्मीहरु, पत्रकार एवं व्यक्ति/व्यक्तित्वहरुको योगदानको सम्मान स्वरुप पुरस्कार एवं सम्मानको निर्णयका लागि आव्हान गरेको छ ।

संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानका लागि सदस्य संघ/संस्थाहरुले प्रारम्भिक नामाङ्कन फाराम नेफ्स्कूनको वेबसाईट www.nefscun.org.np को डाउनलोड फोल्डरबाट डाउनलोड गरि भरेर संघको केन्द्रीय कार्यालय वा फिल्ड कार्यालयहरुमा आईपुग्ने गरि २०७४ साउन १० गतेभित्र पठाईसक्नुपर्नेछ ।


संघले सर्वोत्कृष्ट संस्था पुरस्कार, सर्वोत्कृष्ट महिला संस्था पुरस्कार, सर्वोत्कृष्ट जिल्ला संघ पुरस्कार र नेफ्स्कून उत्कृष्ट प्रदेश पुरस्कार गरी चार विधामा पुरस्कार तथा सम्मानका लागि सदस्य संघ/संस्थाहरुलाई नेफ्स्कूनको वेबसाईटमार्फत पत्राचार समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।