गोकर्णेश्वर नगरपालिकामा सुचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा सुचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौँ,असार २७।

गोकर्णेश्वर नगरपालिकामा आज होप नेपाल नामक संस्थाले सुचनाको हक  सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । गोकर्णेश्वर नगरपालिकको सभाकक्षमा भएको उक्त कार्यक्रममा रास्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सुचनाको हकको वारेमा  प्रस्तुतीकरण दिएका थिए ।

प्रस्तुति दिदै बास्कोटा

आफ्नो प्रस्तुतीकरणको क्रममा स्थानीय तहको सुशासनमा सुचनाको हकको ठुलो महत्व हुने र कुनै पानी सेवाग्राहीले यो हक बाट बन्चित हुनु नहुने कुरालाई विशेष जोड दिएका थिए ।कुनै पनी कार्यालय र जनप्रतिनिधिले सुचना लुकाउन नपाउने र लुकाए कानुनी कारवाही हुने बास्कोटाको भनाई थियो।

कार्यक्रमका सहभागी

कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालीसे ,उप- प्रमुख शान्ती नेपाल ,गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्र देव भारती , वडा अध्यक्षहरु र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।