टोखा नगरपालिकाको विकास योजना बनाउदै जनप्रतिनिधिहरु -१

टोखा नगरपालिकाको विकास योजना बनाउदै जनप्रतिनिधिहरु -१

कपन अनलाइन

काठमाडौ २२ असार ।

टोखा नगरपालिकाले नगर कार्यपालिकाले नयाँ योजना तथा कार्यक्रम निर्माण गर्नका लागि वडाहरूलाई निर्देशन दिएसँगै वडा अध्यक्षहरु आआफनो वडाका योजना तथा कार्यक्रम निर्माण गर्न ब्यस्त देखिएका छन् ।

यसै क्रममा कपन अनलाइनले टोखा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षसँग भेट गरी आगामी योजना तथा समग्र कार्यक्रमको बारेमा यो सामग्री तयार पारेको छ । यस क्रममा पहिलो चरणमा  वडा नं. १,२,३,४ र ७  का योजना तथा कार्यक्रम समेिटएका छन् भने बाँकी वडाका योजना क्रमसः तयार पारिने छ ।

 वडा नं १  को योजना तथा कार्यक्रम

टोखा  नगरपालिका वडा नं  १ को बौडेश्वर – जलेशह्वर र महांकाललाई पर्यटकीय स्थल बनाउदै चण्डेश्वरी मन्दिरसम्म पदयात्रा र साइकल मार्ग बनाउने प्रमुख योजना रहेको वडाध्यक्षा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वडाको टोखा छहरेको बाटो राष्ट्रिय योजनाअन्तर्गत  पर्ने तथा  नगरपालिकाको बजेटभित्र नपर्ने हुँदा गाउँ र टोलका सब सहायक बाटोलाई पिच सहितको मोटर बाटो बनाउने योजना रहेको उनले बताए ।

वडाभित्र रहेको खानेपानीको स्रोतलाई संरक्षण गर्दै मर्मत तथा सम्भार गरी खानेपानी  सहज बनाउनुुका साथै  वडाभत्रि रहेका कृषकलाई आधुनिक कृषि प्रविधिमा संलग्न गराउनुका  साथै समय साक्षेप तालिम दिई अर्गानिक खेतितर्फ आकर्षित गर्ने वडा नं १ को विशेष योजना छ ।

टोखा नगरपालिका वडा नं १ वडाका अन्य योजनामा महिलाहरूलाई सीपमूलक कार्यक्रममार्फत आय आर्जनमा लगाउने, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्ने र युवालाई खेलकुदका माध्यमबाट एकत्रित गर्दै आयमूलक काममा लगाउन पहल गर्ने रहेको छ ।

यस वडाभित्र रहेका दुई वटा सामूदायिक विद्यालयलाई स्तरोन्नति गर्दै बौडेश्वर मा.वि.लाई ५ वर्षसम्ममा (जुन साविक ८ र ९ं) मा पर्छ मा प्रावधिक विषयमा डिग्रीसम्मको पढाइ सरु गराउन पहल गर्ने र वडाभित्र रहेको स्वास्थय चौकीको स्तरोन्नति गर्दै डाक्टरसहित २४ सै  घण्टा जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्ने वडाको योजना रहेको छ ।

 वडा नं २  को योजना तथा कार्यक्रम

२०२२ सालअघि बनेका घरहरूलाई पुनर्निर्माण गर्न चाहेमा मौलिक नेवारी संस्कृतिक शैलीमा निर्माण गर्न प्रेरित गरि न्यूनतम शुल्कमा नक्सा पास गराउने वडा नं २ को प्रमुख योजना रहेको वडाध्यक्ष दिपक राज जोशीले बताए ।

यस वडाका अन्य विशेषा  योजनामा वडामा रहेको  स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ शैयाको बनाउने तथा त्यसमा २४ सै घण्टा सेवा प्रदान गर्ने रहेको छ । चण्डेश्वरी निमाविको तह थप गर्दै उच्च मावि बनाउने अर्को योजना छ ।

महिलाहरूको नेतृत्व क्षमता विकासका लागि आधुनिक कृषि तालिम प्रदान गरी व्यावसायिक बनाउने यो वडाको अर्को महत्वपूर्ण योजना छ ।

केयुकेएलले हेरिरहेको शिवपुरी खानेपानी व्यवस्थित नभएको हुँदा यसलाई ट्यांकी निर्माण गर्दै व्यवस्थित गरी शद्ध खानेपानी वितरण गर्ने योजना वडाले बनाएको छ ।

भगवती युवा क्लवमार्फत वड भित्र रहेका युवाहरुलाई संगठित गरी व्यवसायिक खेलाडी उत्पादन गर्ने र आगामी ५ वर्षभित्र थरखेल खेलकुद मैदानलाई निर्माण सम्पन्न गर्ने जसलाई रु १ लाख ५० हजार  बिनियोजन गरिसकिएको छ । सोही खेल मैदानमा जेष्ठ नागरिक विश्राम स्थल पनि निर्माण गरिने छ ।

वडाभित्र रहेका तलेजु लगायत प्राचिन संस्कृतिक महत्व बोकेका मन्दिर र ढुंगे धाराहरुलाई पुन निर्माण र मर्मत सम्भार गर्ने वडाको योजना छ ।

राजकुलो र गोरेटो बाटोलाई मोटर बाटोमा परिणत गर्न यथाशीघ्र काम सुरुगर्ने वडाले जनाएको छ । गणेशस्थानबाट चण्डेश्वरी मन्दिर र सपनतिर्थ सम्मको सडकमा सौर्यबत्ती जडान कार्य १ वर्ष भित्रमा सम्पन्न गर्ने योजना वडाको छ । नेवारी संस्कृतिलाई जोगाउन स्थानीय लिङ्गो उठाउने जात्रा ,घोडेजात्रा लगायतका अन्य जात्राहरुको संरक्षण गर्दै नेवारी बाजा खल पुचलाई विशेष सहयोग गर्ने वडाले योजना बनाएको छ ।

युवाहरूलाई रोजगारीको अवसर सिर्नजा गर्न विशेष कार्यक्रम ल्याउने योजनामा वडा नं २ रहेको छ ।

 वडा नं ३ को योजना तथा कार्यक्रम

यस वडालाई प्लास्टिक मुक्त वडा बनाउने र वडालाई संस्कृतिक पर्यटकीय स्थल बनाउने प्रमुख योजना रहेको वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठले बताए ।

उनका अनुसार यस वडामा नेवारी शैलीका घरहरू निर्माण गर्दा विशेष सहुलियत प्रदान गरिने छ । सार्वजनिक जग्गा संरक्षण समिति बनाई वडाका सार्वजनिक जग्गाहरूको अभिलेख संकलन गरी जग्गा संरक्षण गर्ने वडाको योजना छ । १०६ रोपनीको भुतखेल चौरलाई खेल मैदान र पार्क बनाउनका लागि गुरु योजना निर्माण भइ कार्य सुरु गरिसकिएको छ ।

जेष्ठ नागरिकको सम्मान र सरसफाईका लागि विशेष योजना बनाई कार्यान्वयन गर्ने  वडाको योजना छ । वडाभित्र रहेका सहायक बाटोहरूमा ढल निर्माण गरी साबिक बाटोलाई मोटर बाटोमा परिणत गर्ने वडाले जनाएको छ ।

विज्ञहरुको संलग्नतामा आधुनिक कृषि तालिम सञ्चालन गरी कृषि व्यावसायीकरणा गर्ने योजना वडाले बनाएको छ । वडाका सामुदायिक विद्यालयहरूमा स्नातक तहसम्म पठनपाठन  गर्ने वातावरण बनाउने योजना वडाले बनाएको छ ।

वडा नं ४ को कार्यक्रम तथा योजना

वडाभित्र पुराना खानेपानीका पाइपहरू विस्थापित गरी नयाँ पाइप जडान गर्ने र बोरिङ गरिएको पानी सम्पूर्ण वडाभित्र टयांकी निर्माण गरी शद्ध  खानेपानी  वितरण गर्ने वडाको प्रमुख योजना रहेको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।

वडाका प्रत्यक वस्तीहरूमा ढल निकासको व्यवस्था गर्ने वडाको अर्को योजना छ ।

लक्षित वर्गको बजेटलाई प्राविधिक शिक्षालय बनाउन पहल गर्ने र यसमा महिला ,युवा, बालवालिका आदिको विशेष सहभागिता गराउने योजनामा वडा नं ४ रहेको छ ।

अपाङ्गता भत्तालाई घरघरमा पुर्‍याउने योजनामा वडा रहेको छ । साथै जेष्ठ नागरिकहरुका लागि विश्राम स्थल निर्माण गर्ने र दिवा सेवा केन्द्र भवन निर्माण गर्ने योजना पनि छ ।

यस वडा भित्रका सार्वजनिक जग्गाहरूको अभिलेख संकलन गरी उचित स्थानमा पार्क, खेल मैदान, भवन आदि निर्माण गरिने जनाइएको छ ।

वडाभित्र रहेको एक मात्र धापासी माविको स्तर उन्नति गर्दै नमुना शैक्षिक केन्द्रका रूपमा यसलाई स्थापित गर्ने वडाले जनाएको छ । स्वास्थ्य चौकी निर्माण गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनामा वडा रहेको छ ।

वडाभित्र नियमित कर तिर्ने नागरिकलाई सम्मान र कर छली गर्नेलाई सजाय दिने वडाध्यक्ष श्रेष्ठले बताए ।

वडा नं ७ का कार्यक्रम तथा योजना

परानो ढलको पाइप सानो भइ विभिन्न स्थानमा डुवान भएकोले ती पाइपहरु फेर्ने प्रमुख योजना रहेको वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले बताए ।

खानेपानीको नयाँ पाइप विस्तार गरी खानेपानी वितरण गर्ने साथै डिप बोरिङमार्फत खानेपानी योजना विस्तार गर्ने यस वडाको योजना छ ।

नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी बाटाहरुमा सेन्सर लाइट जडान गर्ने योजनामा वडा नं ७ रहेको छ । यस्तै सीटीइभीटीसँग सहकार्य गरी प्राविधिक शिक्षा प्रदान गरी महिला तथा युवाहरुलाई स्वरोजगारमूलक कार्यमा संलग्न गराउने योजनामा वडा रहेको छ ।

प्रथम टोखा नगर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने र युवालाई सिर्जनात्मक कार्यमा संलग्न गराउन वडाले विशेष योजना बनाएको छ ।

पञ्चकन्या , राम मन्दिर , महादेव मन्दिमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने योजना छ भने “एक घर एक बिरुवा” अभियान सञ्चालन गरी वातावरण संरक्षणका कार्यक्रम संचालन गर्ने योजनामा वडा रहेको छ ।

आकासे पानी संकलनमा वडावासीहरुको  सहभागित्मक विकास गर्न वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने वडाले कार्यक्रम बनाएको छ ।

वडाको सम्पूर्ण कर उठाउन जनताले सहयोग गरेमा उनीहरुले कुनै पानी रकम विकास निर्माणमा हाल्नु नपर्ने घोषणा पानी वडाले गरेको छ ।

नोट : बाँकी  वडाहरुको योजना तथा कार्यक्रम अर्को सामग्रीमा प्रस्तुत गरिनेछ  ।

तपाइँको प्रतिक्रिया ।