आठ करोडको लगानीमा मिल सञ्चालन

कपन अनलाइन 

दाङ, २२ असार । तुलसीपुर उपमहानगरपालिका–६ टरीगाउँमा रु आठ करोडको लागतमा आधुनिक प्रविधियुक्त फ्लोर मिल सञ्चालनमा आएको छ ।

मिलले दैनिक ८० टन गँहु खपत गर्ने तथा त्यसबाट २८० क्विन्टल पिठो र त्यसको २० प्रतिशत चोकर उत्पादन गर्ने मिलका प्रबन्ध निर्देशक हिमाल बस्नेतले जानकारी दिनुभयो ।

मिल सञ्चालनका लागि स्थानीय उत्पादनसँगै अन्य जिल्लाबाट समेत गहुँ खरिद गरिने उहाँले बताउनुभयो । यहाँको उत्पादन स्थानीय बजार तथा जिल्ला बाहिर पठाइने बस्नेतको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।