राज्य विरुद्ध उभिएको गाउ नेचा सल्यान वडा नं ६

राज्य विरुद्ध उभिएको गाउ नेचा सल्यान वडा नं ६

कपन अनलाइन

सोलुखुम्बु असार १७ ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउपालिका वडा नं ६ सर्वाधिक चर्चामा रहयो । यो चर्चा त्यस वेला सुरु भयो जब यो वडाले राज्य विरुद्ध विद्रोह गर्यो । निर्वाचनमा यो वडाले न उम्मेदवार दियो न भोट खसाल्यो । यो विरोधमा यहाँका जनताले पार्टी हेरेनन् न कुनै कानुन र सजायको प्रवाह गरे । राज्यको पुन संरचनामा आफ्नो गाउ अपायक  गाउपालिकामा पारेको भन्दै चैत्र देखिनै  सुरु भएको विरोध अहिले “नो भोट नो क्यान्डीडेट”  मा पुगेर टुंगियो ।

यो गाउको चर्चा बढ्दै गयो किनकी यो सम्पूर्ण राज्य प्रणालीको प्रचलित कानुन लाइ चुनौती दिँदै यो गाउ विरुद्ध मा उभियो । नेचा सल्यान गाउपालिकामा परे देखिनै यस वडामा आन्दोलन सुरु भयो । यो समायोजन अपायक र अव्यवहारिक भएको भन्दै आन्दोलन गरेका केहि वडावासी अहिले जेलमा छन । न उनीहरुको माग पुरा भयो न राज्यले आफ्नो उपस्थिति जनाउन नै सक्यो तर यसले धेरै प्रश्न र प्रसंगहरुलाई  जन्मायो  ।

किन विरोध गरे तिंगला  वासीले ?

जव स्थानीय तहको पुन संरचना भयो त्यस वेला यस वडा वासीले आफ्नो गाउ सोलु दुधकुण्ड नगरपालिका समायोजन हुनु पर्ने माग राखे । यो माग बोकेर उनीहरू जिल्ला सदरमुकाम मात्र पुगेनन् उनीहरु आफ्नो माग लिएर सिंहदरबार सम्म पुगे तर कतै त्यसको सुनुवाई भएन र त्यो नेचा सल्यान गाउपालिकाको वडा नं ६ बन्यो । तर यो निर्णय विरुद्ध सम्पूर्ण गाउ नै उभियो । अहिले वडा वासीहरुको विरोधको प्रमुख कारण भनेको गाउपालिकाको केन्द्र सम्मको दुरी हो जुन वडा बाट करिब ८ घण्टामा पुगिन्छ भने सोलु दुधकुण्ड नगरपालिका पुग्न मात्र १ घण्टा लाग्दछ ।

निर्वाचन सकिएको छ तर नेले वासी को समस्या र प्रश्न जहाँको त्यही  छ । झन्  धेरै प्रश्न जन्मिएका छन् अव राज्यले प्रदान गर्ने सेवा कसरी लिन्छ यो वडाले ? अत्यावश्यक सेवा जस्तै नागरिकता ,तिरो ,पासपोर्ट र अन्य सुविधा कसरी प्राप्त हुन्छ ? राज्यले कस्तो व्यवहार प्रस्तुत गर्ला ? भोलिको दिनमा निर्वाचन गर्न राज्यले वल प्रयोग गरे वडा वासी के गर्लान् ?

यी प्रश्न सोलुखुम्बुमा मात्र हैन देसका हरेक कुनाहरूमा उठिरहेका छन् विशेष समयमा निर्मम निर्णय गरेको यस वडाले आगामी दिनमा हुने विरोध लाई बाटो खोलेको विश्लेषण सबै तिर भइरहेको छ तर भोलिका दिनमा पर्ने समस्या सँग कसरी सामना गर्लान् यस वडाका जनताले त्यसले धेरै कुराको निर्णय गर्ने छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।