वुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईको अध्यक्षतामा काठमाडौ जिल्ला सभाको पहिलो बैठक सम्पन्न

वुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईको अध्यक्षतामा काठमाडौ जिल्ला सभाको पहिलो बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार १६।

उमेरका हिसावले जेष्ठताका आधारमा वुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले जिल्ला सभाको पहिलो वैठकको अध्यक्षता गरेकी छ्न  ।राईको अध्यक्षतामा सम्पन्न जिल्ला सभाको पहिलो वैठकले गरेको २ वुँदे निर्णयको वुँदा नं. २ मा काठमाडौंमा सम्पन्न स्थानीय निर्वाचनमा भाग लिने मतदातालाई धन्यवाद ज्ञापन गरिएको छ ।

विहीबार काठमाडौंमा बसेको जिल्लाका निर्वाचित प्रमुख र उपप्रमुखसहितको जिल्ला सभाले ९ सदस्यीय समन्वय समिति बनाउने निर्णय गरेको छ ।

जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिन भित्र जिल्ला सभाको पहिलो बैठक बस्नु पर्ने व्यवस्थाबमोजिम विहीबार काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको सभाले यस्तो निर्णय गरेको हो ।

निर्णयको व्यहोरा
नेपालको सम्बिधानको धारा २२० को उपधारा ३ मा जिल्ला सभाले बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्य समितिको निर्वाचन गर्ने व्इवस्था भएको र सो प्रयोजनकालािग जिल्ला सभाको वैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गर्नुपर्ने भइकोले यस काठमाडौं जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित जम्मा ९ जना सदस्य रहने निर्णय गरियो ।

जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था
जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहनेछ ।

सम्बन्धित जिल्लाभित्रको गाउँ सभा वा नगर सभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँ सभा वा नगर सभाको सदस्य पद स्वतः रिक्त हुनेछ ।

जिल्ला समन्वय समितिकालागि सम्बन्धित जिल्ला सभाका सदस्यले सम्बन्धित जिल्ला भित्रका गाउँ सभा वा नगर सभाका सदस्यहरुमध्येबाट एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन् ।

काठमाडौं जिल्ला समन्वय समितिमा जिल्लाबाट निर्वाचित ७३८ जना पदाधिकारीले उम्मेद्वारी दिन पाउँछन् । यो संख्या काठमाडौंमा भएका १३८ वडाबाट निर्वाचित ५ जना पदाधिकारी, ११ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २२ जना तथा ११ वटा नगर कार्यपालिकाकालागि निर्वाचित ३३ जनासहितको हो । काठमाडौंको सवै तहमा सवैको उम्मेद्वारी परेको भए ७४५ सदस्य हुन्थ्यो । तर काठमाडौंका विभिन्न ठाउँमा गरी ७ ठाउँमा दलित महिलाको उम्मेद्वारी नपरेकोले सदस्य संख्या ७३८ भएको हो ।

तपाइँको प्रतिक्रिया ।