प्रयोगकर्ताको इमेल निगरानी नगर्ने जिमेलको घोषणा

प्रयोगकर्ताको इमेल निगरानी नगर्ने जिमेलको घोषणा

कपन अनलाइन 

कुनै साथीसँग च्याटमा कुराकानी गरेको, इमेलमा पठाएको वा गुगलमा सर्च गरेका वस्तु तथा विषयसँग सम्बन्धित विज्ञापनहरु आफुले खोलेको वेबपेजमा देख्नुभएकै होला । प्रयोगकर्ताको सर्च तथा इमेलको रेकर्डका आधारमा गुगलले यस्तो गर्दछ ।

तर अबदेखि चाहीँ यसरी विज्ञापनको उद्धेश्यले प्रयोगकर्ताका इमेलमा निगरानी नगर्ने गुगलले घोषणा गरेको छ । गुगलले प्रयोगकर्ताको इमेल तथा सर्च हिस्ट्रीलाई विज्ञापनका लागि प्रयोग गरेको भन्दै विश्वभर नै गुगलको आलोचना हुने गरेको थियो । यसले प्रयोगकर्ताको गोपनियतामाथि हमला गरेको बताइँदै आएको थियो ।

सन् २००४ देखि चलिरहेको यस अभ्यास अन्तरगत गुगलले प्रयोगकर्ताको रुची तथा क्षेत्र अनुसारको विज्ञापन देखाउनका लागि उनीहरुको गुगल अकाउन्टमा नजर राख्ने गरेको छ ।

प््रयोगकर्ताको इमेल तथा सर्च गरिएको कि वर्डको निगरानी गर्दछ गुगलले । एदाहरणका लागि यदि तपाइँले गुगल सर्चमा कुनै मोबाइलका बारेमा खोज्नुभयो भने तपाइँले अन्य वेबसाइट हेरेको बेला गुगलले त्यस्ता वेबपेजमा समेत तपाइँले कुनैबेला गुगल सर्चमा हेरेको मोबाइल सम्बन्धि विज्ञापन देखाइदिन्छ ।

इस आधारमा गुगलले प्रयोगकर्ताको मन पर्ने नपर्ने कुराको बारेमा पनि जानकारी पाउँदछ र सोही आधारमा प्रयोगकर्तालाई मन पर्ने विषयका विज्ञापन देखाउँदछ ।

गुगलका हाल एक अर्ब २० करोड प्रयोगकर्ता रहेका छन् । गुगलका अनुसार सशुल्क जिमेल अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताहरुको इमेल अकाउन्ट अहिलेपनि स्क्यान गर्ने गरिएको छैन । अन्य सबै खाले प्रयोगकर्ताका लागि पनि यो वर्षको अन्त्यसम्मबाट इमेल स्क्यान गर्ने काम बनद गरिने गुगलको भनाई छ ।

सशुल्क गुगल अकाउन्ट विज्ञापन मुक्त हुनेछन् भने अन्य अकाउन्टका लागि कुन विज्ञापन देखाउने भन्ने बारेमा अन्य सफ्टवेयरले निर्धारण गर्नेछन् । एजेन्सी

तपाइँको प्रतिक्रिया ।