आगलागीमा रु एक लाखको क्षति

कपन अनलाइन 

लहान, ७ असार । सिरहाको लहान नगरपालिका–१ मा विद्युत् सर्ट भई आगलागी हँुदा करिब रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय जसिराम सदायको घरमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा एकतले घर, घरमा रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत जलेर नष्ट हुँदा सो परिमाण बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।

टेलिकम टावरबाट लडेर एकको मृत्यु

यसैगरी, नेपाल टेलिकम कार्यालय सिरहाको सदरमुकाम सिरहा नगरपालिका–७ मा नेपाल टेलिकमको निर्माणाधीन टावरको काम गर्ने क्रममा टावरबाट खसेर मङ्गलबार साँझ बाराको रमपुर्वा नगरपालिका–७ निवासी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएकोे प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।