अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने

कपन अनलाइन 

एेजेन्सी । फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । यो सेवा बिहीबारदेखि सुरु भएको हो ।

अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो ।

अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो । फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो । तर आफूले अन्त कतैबाट खोजेको वा आफूले बनाएको जिआइएफ भने पोस्ट गर्न    पाईंदैन ।

तपाइँको प्रतिक्रिया ।