भारत विश्वकपको पहिलो चरणबाटै बाहिरियो

कपन अन154123लाइनआयोजक भारत आईसीसी महिला विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।मंगलबार राति भएको खेलमा श्रीलंकासँग १ सय ३८ रनले पराजित भएपछि आयोजक भारत समूह चरणबाटै बाहिरिएको हो । जितसँगै श्रीलंका भने सुपर सिक्समा पुगेको छ ।

पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा श्रीलंकाले २ सय ८२ रन बनायो । जवाफमा मैदान उत्रिएको भारत ४२ दशमलव २ ओभरमा १ सय ४४ रन जोड्दा अल आउट भयो । पछिल्लो विश्वकपमा तेस्रो भएको भारत श्रीलंकाका सामू हर क्षेत्रमा कमजोर देखिएको थियो ।

तपाइँको प्रतिक्रिया ।