डकर्मी तालिम

कपन अनलाइन 

रसुवा, २ असार । भूकम्पबाट घर भत्किएपछि पुनःनिर्माण कार्य अगाडि बढाउन गाउँगाउँमा दक्ष डकर्मी उत्पादन गर्न तालिम सञ्चालन गरिँदै आएको छ ।

हेल्भटास नामक गैरसरकारी संस्थाको सहयोगमा स्थानीयस्तरमा समूह÷समूह बनाई ठाउँठाउँमा डकर्मी उत्पादन गर्न तालिम सञ्चालन गरिएको हो । सो तालिमबाट भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पुगेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत लीलानाथ नेपालले बताउनुभयो ।

हेल्भटास संस्थाका जिल्ला समन्वयकर्ता सञ्जीवकुमार राईका अनुसार ७७० डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ गत पुसबाट सञ्चालन गरिएको तालिमबाट हालसम्म ४१० जना डकर्मी उत्पादन भइसकेका छन् । उनीहरु आवास पुनःनिर्माण कार्यमा सक्रिय रहेका छन् ।

उक्त ५० दिने तालिममा ३० प्रतिशत महिलाको सहभागिता रहेको थियो । जिल्ला समन्वयकर्ता राईका अनुसार तालिममा सहभागि एकजना बराबर रु २२ हजार ५०० खर्च गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।