भारतीय चलचित्र निर्देशक कमल हसनले आफ्नो चलचित्र विश्वरूपको प्रदर्शनमा रोक लगाइए देश छोड्ने धम्की दिएका छन्!

भारतीय चलचित्र निर्देशक कमल हसनले आफ्नो चलचित्र विश्वरूपको प्रदर्शनमा रोक लगाइए देश छोड्ने धम्की दिएका छन्। हसनले चलचित्र विश्वरुपाको प्रदर्शन रोक्न राजनीतिक चलखेल भइरहेको बताउँदै रोक लगाइए देश छोड्ने धम्की दिएका हुन्। उनले आफुले भारतलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा हर्न चाहेको बताएका छन्।
Kamal-Hassanहसनले आफू चित्रकार एम एफ हुसेन जस्तै देश छोड्ने बताएका हुन्। हसनको गत जनवरी २५ मा प्रदर्शन हुने चलचित्रलाई तामिलनाडु सरकरले १ दिन अघि प्रतिबन्ध लगाएको हो। मुस्लिम समुदायले बिरोध गरेपछि चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो। चलचित्रले साम्प्रदायिक दंगा भड्काउने भन्दै प्रतिबन्ध लगाइएको बताइएको छ। विश्वरुपा ९५ करोडको लागतमा निर्माण भएको हो।

 

तपाइँको प्रतिक्रिया ।