बस दुर्घटनामा १० को मृत्यु

कपन अनलाइन 

काठमाडौँ, ३१ जेठ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।

कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताउनुभयो । मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन । रासस

तपाइँको प्रतिक्रिया ।