नेपाल टेलिकमको वाईम्याक्स उपत्यका बाहिर पनि

नेपाल टेलिकमले गत कार्तिकमा काठमाण्डौ उपत्यकाबाट सुरु गरेको द्रुत गतिको इन्टरनेट(वाईम्याक्स) सेवा देशव्यापी हुने क्रममा छ। यसै क्रममा टेलिकमले माघ महीना देखि पोखरामा पनि व्यावसायिक रुपमा वितरण थालेको छ । क्रमश: पश्चिमाञ्चलका लुम्विनी, गण्डकी र धवालागिरी तीन अञ्चलमा सेवा सुरु गरेको टेलिकमले जनाएको छ। टेलिकम प्रवक्ता गुणकेशरी प्रधानका अनुसार वाइम्याक्स ती क्षेत्रमा पनि पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत अन्य संघसंस्थाहरुले मात्र पाउने छन्।
wimax
अहिले यो पोखरा, भैरहवा, बुटवल र पाल्पामा समेत प्रयोग गर्न सकिने अवस्थामा पुगिसकेको छ। सरकारको देशभर इन्टरनेट पुर्याेउने नीति अनुसार सेवा वितरण गर्दा ग्रामीण क्षेत्रलाई महत्व दिइएको टेलीकमले जनाएको छ । वाइम्याक्स काठमाडौं उपत्यकालगायत, काभ्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपुर जिल्लामा पनि सञ्चालनमा आइसकेको छ। तर टेलीकमले लुम्विनी, गण्डकी र धवालागिरी मा सबा सुरु भएको बताए पनी बागलुंग बासिले भने यो सेबा पाइसकेका छैनन ।

तपाइँको प्रतिक्रिया ।