४ लाख लिटरको ट्यांकी निर्माण प्रक्रिया सुरू

५० फुट लम्बाई तथा ३० फुट चौडाइको भूमिगत ट्यांकी निर्माणस्थल लाख लिटरको ट्यांकी निर्माण प्रक्रिया सुरू 

खानेपानीको क्षेत्रमा काम गरिरहेको जोरधारा खानेपानी संस्थाले ४ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण प्रकृया शुरु गरेको छ । वर्षायाम शुरु नहुँदै निर्माण गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको ट्यांकीको हालै एक कार्यक्रमसहित गाविस सचिव लोमस आचार्यले शिलान्यास गरे । करिब ६० लाख अनुमानित लागत रहेको ४ स्टेपको ट्यांकी निर्माणपश्चात जोरधाराका उपभोक्ताहरुले सहज तथा दीर्घकालिनरुपमा खानेपानीको उपभोग गर्न पाउने छन् । यसका लागि जोरधारा खानेपानी संस्थाले डिप बोरिङ गरेको क्षेत्रलाई नै ट्यांकी निर्माण स्थलको रुपमा चयन गरेको छ । 

जोरधारा खानेपनी संस्थाले ट्यांकी निर्माण प्रकृया सञ्चालनका लागि संस्थाका अध्यक्ष डिल्लिप्रसाद ढकालको संयोजकत्वमा एक उपभोत्ता समिति निर्माण गरेको छ । उपभोक्ता समितिमा राजनीतिक दलहरुका प्रतिनिधिहरुलाइसमेत स्थान दिइएको संस्थाका उपाध्यक्ष बासु बस्नेतले कपन अनलाइनलाई बताए । उनका अनुसार भोलि काम गर्दा कुनै पनि समस्या नआओस् भनेर सामाजिक क्षेत्रका केही महत्वपूर्ण व्यक्तिहरुलाई निर्माण समितिमा स्थान दिइएको छ ।
महायज्ञको वागदान संकलन सुरु
गत साउनमा जोरधाराको ट्यांकी निर्माणका लागि भनेर लगाइएको श्रीमद्भागवत महायज्ञमा वागदान गर्नेहरुबाट रकम संकलन प्रक्रिया पनि जोरधाराले सुरु गरेको छ । पानी ट्यांकी निर्माण प्रकृयाको सुरुसँगै वागदान उठाउन नसके ट्यांकी समयमै निर्माण नहुने भएकोले वागदान उठाउन सबै दाताहरुलाई पत्राचार तथा जानकारी गराउने निर्णययमा संस्था पुगेको हो । गत साउन महिनामा लगाइएको महायज्ञमा करिब १६ लाख रुपैंया वागदान गरिएको थियो ।

 

मुक्तिनाथ बाबाले बोलेको पुरा गरेनन्
‘कपनमा उठेको पैसा मलाई चाहिँदैन, जोरधारामानै त्यसको उपयोग गर्नुहोस्’ भनेर संयुक्त खातामा रहेको पैसा कपनलाई नै दिने निर्णय गरेका मुक्तिनाथ बाबाले डेढ महिना बितिसक्दा पनि बोली पुरा गरेका छैनन् । १ महिना अघि ठाकुरप्रसाद खकुरेलको नेतृत्वमा गएको टिमले कपनमा उठेको पैसा मुक्तिनाथ बाबाको समितिलाई दिन नसकिने जानकारी गराएपछि मुक्तिनाथ बाबाले त्यो पैसा मलाई चाहिँदैन म तुरुन्त पत्र पठाएर पैसा कपनमा नै पठाइदिन्छु भनेका थिए । बैंक खातामा करिब ७ लाख रुपैंया रहेको छ । मुक्तिनाथ बाबाले बोलेको नपुर्याँदा वागदान उठाउन भने कठिन हुने संभावना जोरधाराका उपाध्यक्ष बासु बस्नेतको छ ।
अन्य आर्थिक संकलन अभियान संचालन गरिने
करिब ६० लाख लाग्ने पानी ट्यांकी निर्माणका लागि महायज्ञमा उठेको रकम पर्याप्त नहुने भएकोले बांकी रकम संकलनका लागि जोरधाराले आर्थिक सहयोग गर्न सबै कपनवासीसँग हार्दिक आग्रह गरेको छ । कपन गाविसलगायत विभिन्न संघसंस्था तथा सरकारी निकायमा पनि सहयोगका लागि पहल सुरु गरेको छ । आयोजना बीचमा नबिथोलियोस् भनेर जोरधारा खानेपानीले आफ्ना ८०० उपभोक्तासँग पनि अनिवार्यरुपमा ३००० देखि ५००० रुपैया संकलन गरेर भए पनि यो आयोजना सफल बनाउन समिति क्रियाशिल देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।