प्रतिबन्ध लगाएको चलचित्र 'बधशाला'लाई प्रदर्शन गराउन चलचित्रकर्मीहरुको दबाब

काठमाडौ, १९ /  रक्षा मन्त्रालयले प्रतिबन्ध लगाएको चलचित्र ‘बधशाला’लाई प्रदर्शन  गराउन चलचित्रकर्मीहरुले दबाब दिने निर्णय गरेका छन्। काठमाडौंमा बिहीबार चलचित्र निर्देशक र निर्माताहरुको एक छलफल भेलाले यस्तो निष्कर्ष निकालेको हो। चलचित्रलाई चलचित्र विकास बोर्डले सेन्सर प्रक्रियामा जान सिफारिस नदिए विरोध जनाउने चलचित्रकर्मीहरुको योजना रहेको चलचित्र बधशालाका निर्माता मोहन डोटेलले डिसीनेपालडटकमलाई बताएको छ ।  बदसला  रोक

रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयलाई गत माघ ३ मा पत्र पठाउँदै ‘बधशाला’ प्रदर्शनको लागि इजाजत प्रदान नगर्न र प्रदान गरिसकेको भए फिल्म हल लगायतमा प्रदर्शन हुनबाट रोक लगाइदिन आग्रह गरेको छ। रक्षाको पत्रमा ‘नेपाली सेनाको पोशाकलगायतका विषयमा स्वीकृति नलिएकोले प्रदर्शनमा रोक लगाउने नेपाल सरकारको सचिवस्तरीय निर्णय भएको’ उल्लेख छ।   छलफलमा सहभागी चलचित्रकर्मीहरुको सल्लाह अनुसार ‘बधशाला’का निर्देशक मनोज पण्डित र निर्माता मोहन डोटेलले केही दिनपछि सेन्सरको स्वाभाविक प्रक्रियामा जाने निर्णय लिएका छन्। छलफल कार्यक्रममा निश्चल बस्नेत , प्रचण्ड मान श्रेष्ठ , आशिफ शाह, अनुप बराल, चन्दु झा, माधव वाग्ले, सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, राजन खतिवडा, सरिता गिरी, समुना केसी, फिडेल देवकोटा, अविनाशविक्रम शाह लगायत कलाकार तथा चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो। निर्माण पक्षले ‘बधशाला’लाई आगामी फागुन २५ मा रिलिज गर्ने उद्देश्यले प्रचारप्रसार सुरु गरिसकेको छ।

तपाइँको प्रतिक्रिया ।