बर्दिधारीलाई समातेर खोरको बास
कपन अनलाइन
फटाहाहरू प्रहरीको हिरासतमा छन् भन्दा नौलो कुरा भएन, तर काठमाडौं प्रहरीको हिरासतमा अहिले प्रहरीकै एसएसपी कोचिएका छन्, महिलामाथि दव्र्यवहार गर्नाले ।
सशस्त्र प्रहरीको एसएसपीबाट एक वर्षअघि रिटायर्ड भएका दिपक थापा आफ्नै घरमा डेरा बस्ने एकल महिला सुनीता कार्की, रिता केसी र सुष्मा प्रसाईहरूलाई पटक–पटक कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिएको आरोपमा सोमबार टेकुस्थित प्रहरी परिसरको नियन्त्रणमा पुगेका हुन् । उनकी पत्नी तथा जनक शिक्षा सामाग्री केन्द्रकी नासु बिनीता राणा थापा पनि प्रहरीको खोजीमा छिन् । सैनिक पृष्ठभूमिबाट ०५८ सालमा सशस्त्र प्रहरीमा सेवा परिवर्तन गरेका उनले डेरा बस्ने महिलाहरूलाई फुटलबझैँ लात्तैलात्ताले हानेको पीडितहरूले बताएका छन् ।
त्यसरी महिलाहरूमाथि हातपात गनर्ुको कारकचाहिँ पत्नी बिनीता हुन् ०६० सालमा पति गुमाएकी सुनीता आफ्नी आमा, बहिनी र माइजूसहित उनको कागेश्वरी मनहरा नगरपालिका– ७ मूलपानीस्थित नागेश्वर समाजमा साढे तीन वर्षदेखि बस्दै आएकी थिइन् । सँगै रहेको एसएसपी थापाकै करिब तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र गाई पालन व्यवसाय गर्दथिन् । यसबापत वर्षमा ४० हजार रूपैयाँ भाडा तिर्दै आएकी थिइन् । उक्त घरमा बस्नुअघि सुनीताले आफू एकल महिला भएको बताएकी थिइनन् ।थाहा थियो, समाजमा एकल महिलामाथि निरूत्साहन हुन्छ, सहज जीवनयापन गर्न दिइँदैन । तर, पत्नी बिनीताले केही समयपछि थाहा पाइन्, उनी एकल भन्ने कुरा । त्यसपछि शुरू भयो गालीगलौज र कुटपिट । शब्दहरू पनि कस्ता–कस्ता भने, यहाँ लेख्नै नमिल्ने । पत्नी डेरा बस्ने महिलासँग मुखमुखै लाग्ने, पति लात्ती तेस्र्याएर ‘बहादुरीु देखाउने † पछिल्लो पटक गणतन्त्र दिवसका दिन (१५ जेठ) एसएसपी थापासहित पत्नी बिनीता, भाइ किशोर र भाइका अरू दुई साथी आक्रमण गर्न पुगे । उनीहरूको सामुहिक आक्रमणबाट गर्भवती सुष्मा प्रसाइँको पेटमा गम्भीर चोट लागेको छ ।
उनी बेहोस अवस्थामा शिक्षण अस्पताल पु¥याइन् । अहिले होस खुलेको छ, तर पेटमा रहेको बच्चा जीवित या मृत केही भन्न नसकिने डाक्टरहरूले बताएका छन् । सुनीताकी बहिनी रिता केसीको शरीरका विभिन्न भागमा घाउ–चोट छ । धर्मपुत्रीको रूपमा राखिएकी पाँच वर्षे बालिकाको शरीरमा गम्भीर चोट लागेका कारण अस्पताल भर्ना गरिएकी छन् । तरकारी खेती लगाइएका पाँचवटा टनेल भत्काइए ।
गोठमा बाँधिएका गाई फुकाएर लघारिए । यसपछि रिताले प्रहरी बृत्त बौद्धमा उजुर गरिन् । तर, डिएसपी कमाण्डको उक्त कार्यालयले एसएसपी दर्जाबाट रिटायर्ड भएका दीपकलाई झिकाउन सकेन । त्यसपछि सुनीता आफैँ टेकु पुगिन् र उजुर गरिन् । प्रहरीले उनलाई बोलायो । तर, गएनन् । उल्टै उजुरकर्ता सुनीतालाई कहिले एसिड छर्किने, कहिले हातखुट्टा भाँचिदिने त कहिले लाश गायब हुने गरी ‘सिध्याउनेु सम्मका धम्की दिँदै रहे । प्रहरीले मोबाइलको लोकेशन ट्रेसआउट गरेर उनलाई फेला पा¥यो, कामपा– ५, मालिगाउँस्थित ससुरालीमा । उनका ससुराली राणा खान्दानका ।
जेठ १५ भन्दा पहिला पनि थापाले महिलाहरूमाथि त्यस्तो दुव्र्यवहार गरेको आरोप छ । एक महिनाअघि मात्र ‘अबदेखि त्यस्तो केही गर्ने छैनु भनी बौद्ध प्रहरी बृत्तमा कागज गरेर हिँडेका उनले एक महिनापछि यो हर्कत गरेका हुन् । प्रहरीले थापालाई सोमबारै सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थपेर हिरासतमा राखेको छ ।
हिजो छलफलका लागि पुग्दा पटक–पटक ‘अबदेखि यस्तो गर्ने छैनु भने । तर, पीडित महिलाहरूको माग छ, क्षतिपूर्तिको । तरकारी खेतीको टनेल भत्काइँदा लाखौँको क्षति भएको छ । उनीहरूले फुकाएर भगाएको लैनो गाई बेपत्ता छ । अर्को अप्ठेरो कुरा छ, सुष्माको पेटको बच्चाको स्थिति गम्भीर हुनु । विदेशबाट फर्किएका पतिले ४३ वर्षको उमेरमा रहर गरेर जन्मिन लागेको सन्तानको भ्रुणमाथि नै हमला भएको छ । ‘त्यसको कानुनी उपचार के हो पीडित सुनीताले प्रश्न गरिन् । उनका अनुसार, घटनाकी मुख्य सूत्रधार पत्नी बिनीता, मुख्य आक्रमणकारी किशोर र उनले ल्याएका ‘केटाहरूु भएका कारण ती सबैलाई पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म कुनै सम्झौता हुँदैन ।
आज प्रकाशित जनआस्था साप्ताहिकले खबर छापेको छ ।