कपनमा विवाहित र अविवाहित बीचको एक दिने मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

कपन काठमाडौँ २०६९ माघ ०८ सोमबार युवा एकीकरण क्लब र उन्नत समाजका फूलहरूको संयुक्त आयोजना भएको विवाहित र अविवाहित बीचको एक दिने मैत्रीपूर्ण फुटबल खेल गएको शनिवार कपन १ स्थित ह्यान्डबल खेल मैदानमा सम्पन्न भएको छ !

कपन स्थित ह्यान्डबल खेल मैदानमा शनिवार बिहान फुटबल खेल्दै कपनमा विवाहित र अविवाहित फुटबल टिम

कपन भित्रका कुल चारवटा विवाहित र अविवाहित टिम बीच प्रतिस्पर्धा गराइएको प्रतियोगितामा सगरमाथा टिमले टाई ब्रेकरमा ४/३ गोलको अन्तरले महानगरीय प्रहरी प्रभाग कपन को  धौलागिरी टिमलाई हराउँदै उपाधि चुमेको थियो ! ७ए साइटको नियम अनुसार खेलिएको प्रतियोगिताको उद्घाटन कार्य कर्म र पुरस्कार वितरण कार्यक्रमका प्रमुख अथिति नेपाल ह्यान्डबल संघका  केन्द्रीय कोषाध्यक्ष मिठाराम आधिकरिथिए! अथिति हरुमा भने स्थानीय राजनीति दलका प्रतिनिधि  कपन गाविस सचिव महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षकको उपस्थिति रहेको थियो !

प्रतियोगितामा उत्कृष्ट खेलाडी धुर्वराज न्यौपाने उत्कृष्ट गोल रक्षक नारायण पौडेल र सर्वाधिक गोल कर्ता रामचन्द्र थापा मगर घोषित गरिएको संस्था ले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ !

तपाइँको प्रतिक्रिया ।