पारिजात पुरस्कार चार जनालाई

कपन अनलाइन 

काठमाडौँ, १३ जेठ । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित हुनुभयो । ती पुरस्कार जनही रु १० हजार राशिको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

विसं १९९४ वैशाखमा जन्मनुभएका पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उहाँको निधन २०५० साल वैशाख ५ गते काठमाडौँम भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।