भोलि बिहे भएका र नभएका फुटबल भिड्ने

काठमाडौँ  माघ ५, लामो समयपछि कपनका फुटबलप्रेमीहरु सुखद समाचार प्राप्त भएको छ । माघ ६ गते शनिवार बिहान ९ः०० बजे कपनमा फुटबल खेलमा भिडन्त हुने भएको छ । युवा एकीकरण क्लब र उन्नत समाजका पूmलहरुको संयुक्त आयोजनामा उक्त खेल कपनको वडा नंं ३ स्थित ह्याण्डबल चौरमा हुन लागेको संस्थाले जनाएको छ । उक्त प्रतियोगिता विवाह भएका र नभएकाबिच गरिने आयोजक संस्थाहरुले जनाएका छन् ।

खेलकुदको सम्पूर्ण तयारी सकिसकेको जानकारी गराउँदै खेलअवधिमा कपन करिब १५०० दर्शकको उपस्थिति रहने विश्वास आयोजकले राखेको छ । कपन गाविसको खेलकुद विकास समितिद्वारा आयोजना गरिएको ७ ए साइड पछि यस्तो प्रतियोगिता कपनमा हुन नसकिरहेको परिस्थितिमा आयोजकको यो सराहनीय काम भएको कपनका खेलप्रेमीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।