वुनपाका चुनाैति अनि सम्भावनाबीच मेयर खरेल र उनकाे टिमबाट गरिएकाे अाशा

कपन अनलाइन, काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूकाे  सपथ ग्रहणा कार्यक्रम सम्पन्न भएकाे छ । हिजाे गाेल्फुटारमा अायाेजित एक विशेष कार्यक्रममा नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूले पद तथा गाेपनियताकाे  सपथ खाएका छन् । २० वर्षपछि भएकाे स्थानीय तह निर्वाचनपछि प्राप्त जनप्रतिनिधिप्रति वुनपावासीले ठूलाे अाशा राखेका छन् । पद तथा गाेपनियतकाे सपथ ग्रहणाकाे बेला निर्वाचित प्रतिनिधिहरूले समुचित विकासका लागि अगाडि बढ्ने धारणा अनाैपचारिकरूपमा राखे पनि त्याे समुचित विकासकाे अवधारणा भने सार्वजनिक भएकाे छैन  । अाशा छ उद्धव खरेलकाे नेतृत्वकाे पूर्ण बहुमत भएकाे नगर सरकारले केही अनुभव गर्न सकिने उद्घाेष गर्नेछ ।

अव्यवस्थित बस्ति, खानेपानी, फाेहरमैला, कमजाेर पर्रयावरणा नै वुनपाकाे चुनाैति र कार्य क्षेत्र भएकाे कारण नयाँ जनप्रतिनिधि यही विषयमा जनप्रतिनिधिहरू सक्रिय रहनु पर्ने सराेकारवालाहरू जनाउँछन् । वुनपामा  बिजय हासिल गरेका कतिपय प्रतिनिधिहरू याे विषयमा अावाज उठाउने मध्येका भएकाले धेरैले अाशावादी देखिन्छन् ।

वुनपाकाे विशेषगरेर वडा नं. ८, ९, १०, ११ र १२ मा देखिएकाे अव्यवस्थित वस्ती, फाेहरमैला, खानेपानी र वातावरणीय समस्याले ग्रस्त छ । यी वडामा अाफ्नाे प्यानसहित  बिजय गरेका वडाध्यक्षहरू नवराज भट्टराइ, राजेन्द्र सापकाेटा, सुमन तामाङ, राजु अधिकारी, र शम्भु भट्टराइले उल्लेखित बुँदामा अाफूलाइ कति समाहित गर्छन् वा हिजाे याे क्षेत्रमा तत्कालिन गाविस जनप्रतिनिधिकाे प्रत्यक्ष सहभागितमा डाँडाे भास्ने र खाेलाे मास्ने कामकाे मूल्याँकन कसरी गर्छन् सबैकाे नजर यसैमा छ । हरित वुनपा बनाउने काममा यी वडाबाट महत्वपूर्ण शुरूवात हुनु जरूरी देखिन्छ ।  कपनमा रहेका वडाहरू वातावरणीय हिसाबले अत्यन्त कमजाेर बनिरहेकाे छ । कपनका वडा सुरक्षाकाे  हिसाबले पनि निकै कमजाेर मानिन्छन् ।

मेयर पदमा अत्याधिक रूपमा रूचाइएर विजेता बनेकाे उद्धव खरेल वडाकाे भूगाेल र समस्याका क्षेत्रमा जानकार मानिन्छन् । धार्मिकदेखि बाैद्धिक हिसाबका संलग्नतामा खरेल परिचित भैसकेकाे नाम हाे ।  यस अघि नै वुनपाकाे सार्वजनिक जग्गा पहिचान तथा लगत राख्ने काममा खटिएकाले खरेलबाट सम्भवतः जनता वा सराेकारवालाले धेरै अाशा राख्नेछन् ।

गाविस अध्यक्ष भएर काम गरिसकेकाे अनुभव खरेलका लागि सबैभन्दा महत्वकाे विषय हुनसक्ने जानकारहरू बताउँछन् । जानिफकारहरू भन्छ्न्, ‘वुनपाका सबै समस्या खरेललाइ थाहा छ, बस् उनले समाधान खाेज्नु मात्रै हाे ।’ खरेल काठमाडाैँकाे काँठ क्षेत्रकाे प्रतिनिधि पात्र भएकाले यहाँकाे माटाे चिनेकाे पात्र पनि हुन् । दलीय रागमा मात्र खरेल रमाउँदैनन् भन्रे अाशा पनि सराेकारवालाहरू राख्दछन् ।

मेयरलगायत जनप्रतिनिधिहरूकाे सपथ ग्रहणपश्चात सबै वडाहरूमा वडा कार्यालय स्थापनामात्र नभै कर्मचारी व्यवस्थापन र कर्मचारीतन्त्र कारणले  यसअघि थङथिलाे भएकाे विकास र प्रशासनिक चुस्ततालाइ जनमुखी बनाउने सबैभन्दा पहिलाे र चुनाैतिपूर्ण काम हाे । कतिपय जनप्रतिनिधि एकदमै फ्रेस भएकाले उनीहरूलाइ सेवामा भूमिकासम्बन्धि जरूरी ज्ञान  दिनु पनि वुनपामा खरेलकाे पहिलाे र महत्वपूर्ण काम हाे ।

बिजेता भएर जनप्रतिनिधि भएका अधिकाँस व्यक्तिहरू केही गर्न सक्नेमध्ये देखिन्छन् ।  यी व्यक्तिहरूबाट युवादेखि अनुभविसम्मलाइ समेटेर अर्थपूर्ण र देख्दा नै अाहा भन्ने सकिने “नगर कार्यपालिका” बनाउने विषयमा मेयर खरेले कति सुझबुझ प्रस्तुत गर्लान् भन्ने विषयमा पनि सबैकाे चासाे रहेकाे छ । कार्यपालिकाकाे रूपले पनि अागामी दिन कस्ताे बन्ला भन्ने सारसंक्षेप देखिने सराेकारवालाहरू बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।