बुढानिलकण्ठमा उद्धव खरेल र एमालेकाे शानदार विजय

कपन अनलाइन, काठमाडाैँ ।

-केशव पाठक

काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले शानदार बिजय हासिल गरेकाे छ । मेयर पदका उम्मेदवार उद्धव खरेलले पूरै चुनावकाे मतगणनाभरी विपक्षीलाइ नजिकसम्म अाउन नदिकन बिजय हासिल गरे । चपली भद्रकाली गाविसका पूर्व गाविस अध्यक्षसमेत रहेका खरेलले अाफ्ना प्रतिपक्षी नेपाली काँग्रेसका राजु श्रेष्ठलाइ चुनावी माहाेल तथा सबैखाले चुनावी परिधिमा कमजाेर बनाएर बिजय हासिल गरेकाे मतगणनाकाे शुरूकाे दिनदेखि नै देखिएकाे थियाे । दाेश्राे सम्बिधानसभाकाे चुनावमा जताततै काँग्रेसका लागि भाेट अाएकाे क्षेत्रमा मेयर पदका उम्मेदवार उद्धव खरेलले अाफ्नै पार्टीका  चुनाैतिबीच प्राप्त गरेकाे याे जीतलाइ चारैतिर शानदार  विजयकाेरूपमा परिभाषित  भएकाे छ ।

नवनिर्वाचित मेयर उद्धव खरेल र उपमेयर रमा राइ

लामाे राजनीति सक्रियतामात्र नभै राजनीतिक निष्ठा र बाैद्धिकताका कारण पनि खरेललाइ शानदार विजय सहज बनेकाे देखिन्छ । यद्धपि चुनावी मैदानमा अाउँदा सारै कठिनसँग मेयरकाे  टिकट पाएका थिए खरेलले । त्याे कठिनपूर्ण टिकटलाइ लिँदा धेरैले अन्तर्पार्टी समस्या हुने र पराजित हुनेसम्म हल्ला चलेकाे थियाे । यावत चर्चा र प्रचारबाजीबीच एमालेभित्र सबैलाइ मिलाएर खरेलले नेपाली काँग्रेसका उम्मेदवारलाइ ४००० भन्दा धेरै मतले पराजित गर्न सफल भए । खरेलसँगै नेकपा एमालेबाटै बाैद्धिक महिला अगुवा रमा राइले उपमेयर पदमा ठूलाे मतान्तरमा विजय प्राप्त गरेकी छिन् ।

यस निर्वाचनकाे मत गणनामा शुरूदेखि नै नेपाली काँग्रेसका उम्मेदवारले खरेल र राइलाइ जित्न सकेनन् । काँग्रेसले अाफू मजबुत रहेकाे भनेकाे कपनका वडाहरूमा एमालेले अत्याधिक मत ल्याएपछि एमालेकाे विजयकाे अाधार निश्चित भएकाे हाे । यसरी काठमाडाैँ उपत्यकामा नै सम्भवतः वडा विजयकाे हिसाबले सबैभन्दा ठूलाे जीत हासिल गर्ने क्रममा नेकपा एमालेले बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटा वडामा ११ वटा वडामा प्यानल बिजय हासिल गरेकाे हाे । वुनपाकाे वडा नं. १, २(चपली), ३ र ५(बुढानिलकण्ठ), ७(खड्का भद्रकाली), ८ र ९ (माहाँकाल), १०, ११, १२(कपन) र १३(चुनिखेल) गरी ११ वटा वडामा एमालेले प्यानसहित विजय हासिल गरेकाे हाे । नेपाली काँग्रेसले वडा नं. ४ र ६ मा विजय हासिल गरेकाे छ ।

राजनीति र विकासका क्षेत्रमा ३ दशकदेखि सकृय रहेका उद्धव खरेलकाे याे विजयसँगै वुनपा विकासमा उनले साेचेकाे खाका कार्यान्वयन गर्ने बेला अाएकाे छ । बुनपाभित्र सामाजिक क्षेत्रमात्र नभै भाैगाेलिक विकासकाे पनि याेजना भएका मानिने उद्धव खरेलकाे विजयले नगरपालिकाकाे  विकासमा काेशेढुँगा सावित हुने अनुमान धेरैले गरेका छन् । वुनपाकाे धेरै ठाउँमा चरम वस्ति विकासले कमजाेर सहर निर्माण हुँदाकाे समस्यामा जकडिएकाे नगरपालिकाले उद्धव खरेलकाे नेतृत्वमार्फत एउटा साँच्चै उत्कृष्ट सहर बन्ने सपना साकार बनाउने चाहनामा उनीमाथि मतदाताले विश्वास जनाएका हुन्  ।

मानवीय विकास, वातावरण, खानेपानी र फाेहरमैलाका विषय नै उद्धव खरेलले काम गर्ने वा काम गरेर देखाउने  राम्राे क्षेत्र हुन् । गाविस हुँदा कपन लगायतका क्षेत्रमा तत्कालिन गाविस नेतृत्वका कारणले विग्रिएकाे बस्ति विकासलाइ कसरी समुन्नत सहरमा परिणत गर्ने भन्ने चुनाैतिबीच खरेलका पाइलालाइ उत्कृष्ट पाइला चाल्न एमालेले वडाहरूमा पाएकाे अपार बिजयले भूमिका खेल्ने कुरामा दुइमत छैन ।

खरेलकाे याे यात्रामा उपमेयर बनेकी रमा राइकाे विद्वताका साथै वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराइजस्ताे युवादेखि  वडा नं.३ का वडाध्यक्ष वालकृष्ण श्रेष्ठसम्मकाे अनुभवले विशेष साथ मिल्नेछ । वृहत र विकसित बुढानिलकण्ठ नगरपालिकाकाे अग्रगामी तथा फराकिलाे अवधारणामा मेयर उद्धव खरेललाइ सफलता मिलाेस् । नयाँ सम्बिधानपछिकाे पहिलाे नगरप्रमुखकाे रूपमा उद्धव खरेलकाे यात्रा वर्षाैँसम्म काेशेढुङ्गाकाे रूपमा लिन पाइयाेस् कपन अनलाइनका तर्फबाट हार्दिक बधाइ तथा  शुभकामना !!!

तपाइँको प्रतिक्रिया ।