सूर्यविनायक नगरपालिकामा एमाले विजयी

कपन अनलाइन 

भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी भएका छन्  ।

आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी एका हुन् ।

प्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गरेका थिए  ।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत  एक हजार २० मत प्राप्त गरी विजयी भएका छन् भने  हो भने उनका  निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गरेका छन्  ।

त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी भएका छन्  ।

सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ ।

मध्यपुरथिमि–६ मा काँग्रेसको प्यानल विजयी

मध्यपुरथिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गरे  भने उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गरेका छन्  ।

काँग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भएका छन् । यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ८७० मतले अग्रस्थानमा छन्  भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेँ आठ हजार पाँच मतले पछाडि परेका छन् ।

उपप्रमुखमा काँग्रेसकी अञ्जना मधिकर्मी सात हजार ९९५ मतले अग्रस्थानमा छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी केदार खड्का पाँच हजार ३३४ मतले पछाडि छन्  । मध्यपुरथिमिको वडा नं ७ को मतगणना जारी रहेको छ ।

तपाइँको प्रतिक्रिया ।