राजस्व सङ्कलनमा वृद्धि
कपन अनलाइन
कैलाली, २ जेठ । कैलाली भन्सार कार्यालयको चालु आवमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
आव २०७३÷७४ मा रु दुई अर्ब सात करोड ४० लाख आठ हजार सङ्कलनको लक्ष्य लिएकामा गत चैत मसान्तसम्ममा रु एक अर्ब ८३ करोड ८२ लाख ८८ हजार सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यप्राप्तिका लागि रु २३ करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।
भन्सार कार्यालयले आव २०७२÷७३ मा रु दुई अर्ब ९६ करोड तीन लाख ६४ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु तीन अर्ब ११ करोड ४४ लाख ३३ हजार सङ्कलन गरेको थियो । कार्यालयले चैत महिनामा सबैभन्दा बढी रु २६ करोड ५२ लाख राजस्व सङ्कलन गरेको छ । रासस
तपाइँको प्रतिक्रिया ।