एक भयो एमाले, केपी ओलीद्वारा चुनाव जित्ने उद्घोष (भिडियोमा)

कपन अनलाइन

वुढानिलकण्ठ नगरपालिकाभित्र एमाले एक भएको छ । वुनपा १० को ह्यान्डबल मैदान भएको महत्वपूर्ण कार्यक्रमा बोल्दै क्षेत्रीय अध्यक्ष कुसुम कार्की, जिल्ला सदस्य मिठाराम अधिकारी तथा मेयर उम्मेदवार उद्धव खरेलले सम्बोधन गर्दै वुनपा एमालेभित्र कुनै समस्या नभएको बताए । उनीहरुले तिनै जनाले सम्बोधन गर्दै एमाले उम्मेदवारको पक्षमा जनलहर उत्पन्न गर्न हातमा हात मिलाएर जाने बताए ।

हेर्नुहोस् भिडियो :

गुटगत समस्याले चुनावी प्रचारप्रसारमा समेत ननिस्किएका नेताहरुले पार्टी अध्यक्ष केपि ओलीको उपस्थितिमा कार्की, अधिकारी र खरेलले मिलेको संकेत दिए । टिकट बाँडफाँडको विषयमा रहेको तिक्तता तथा यस अघिको सबै समस्या नरहेको उनीहरुले बताए । ५ मिनेट लामो बोलेका क्षेत्रीय अध्यक्ष कुसुम कार्कीले मेयर उम्मेदवार उद्धव आफ्नो पुरानो साथी भएको भन्दै हामीबीच कुनै समस्या छैन । यसअघिका तिक्तता सबै सकिएको निर्वाचन प्रचारप्रसारमा दिलोज्यान दिएर लाग्ने बचन दिए ।

भिडियो हेर्नुहोस्  उद्धवप्रसाद खरेलले केभने

कपनका पूर्व गाविस अध्यक्ष तथा मिठाराम अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमा विकासको पूर्वाधार एमालेले सुरु गरेको बताए । अधिकारीले अब विकास पनि एमालेले नै गर्ने भएकोले एमाले उम्मेदवारलाई जिताउनु पर्ने बताए ।

हेर्नुहोस् भिडियो :

नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपि ओलीले ह्यान्डबल मैदानमा उपस्थित टनाटन संख्यामा रहेका कपनवासीलाई सम्बोधन गर्दै देशैभरी स्थानीय तहमा एमाले आउने बताए । ओलीले एमाले सरकारमा आए वुढानिलकण्ठ नगरपालिकालाई वार्षिक एक अर्ब दिने बताए । कार्यक्रममा बोल्दै ओलीले आजका उम्मेदवार १ गतेका मेयर हुने बताए ।
कार्यक्रममा वुनपा एमाले नेता लक्ष्मी संग्रौलाले बोलेको भाषणलाई सबैले रुचाएका थिए भने सांसद यज्ञ सुनुवारले गालीगलौजपूर्ण भाषणलाई उपस्थित एमाले कार्यकर्ताले नै नाक खुम्च्याए । सुनुवारको भाषणले स्थानीय तह निर्वाचनमा एमालेलाई फाइदा नहुने कार्यकर्ता भनाई थियो। । पूर्व सुचना मन्त्री शेरधन राईले पनि कार्यक्रमलाई सम्बोधन गरेक थिए । कार्यक्रमलाई क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले संचालन गरेका थिए ।

भिडियो हेर्नुहोस् केपी ओलीले  केभने 

तपाइँको प्रतिक्रिया ।