गहुँ उत्पादनमा वृद्धि
कपन अनलाइन
सप्तरी, २७ वैशाख । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा गहुँ उत्पादनमा अत्यधिक वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यसवर्ष २५ हजार हेक्टर जमिनमा गहँुबाली लगाइएकामा ५० हजार मेट्रिक टन गहँु उत्पादन भएको अनुमान गरिएको छ ।
जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँ उत्पादन हुने गरेकामा यसवर्ष २५ हजार हेक्टरमा मात्र गहँु उत्पादन भएको सो कार्यालयको तथ्याङ्मा उल्लेख छ ।
गतवर्ष प्रति हेक्टर गहुँ उत्पादन १.८ मेट्रिक टन रहेकोमा यसवर्ष मौसम अनुकूल भएकाले प्रतिहेक्टर दुई मेक्ट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । गतवर्ष २५ हजार हेक्टर जमिनमा ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख भगिरथ यादवले बताउनुुभयो । रासस
तपाइँको प्रतिक्रिया ।