“राजु दाइ, तपाइँको जीत सुनिश्चित छ”

कपन अनलाइन, काठमाडौँ । 

राजु दाइ, नमस्कार !
चुनावी घरदैलो र प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ हजुर । मेरो घरतिर त अझै आइपुग्न भ्याउनु भएको छैन । बुढानिलकण्ठ नगरपालिका ठूलो भएकाले सबै ठाउँमा पुग्नु पर्ने भएकोले समय मिलाउन गारो परेको होला । दाइ हाम्रोमा नआए पनि हामी हजुरको पक्षमा घरघर हिँडिरहेका छौँ । गाउँले सबैजना हजुर उम्मेदवार भएकोमा खुशी मानिरहेका छन् । बुढानिलकण्ठ नगरपालिकाको अनुहार फेर्न हजुरजस्तै मानिस आवश्यक भएको सबैले बुझिसकेका छन् । २ वर्षअघि समानुपातिक सांसदका लागि मत माग्न गाउँ आउँदा नै यस भेकका मानिसले हजुरको अनुहारमा विकासको खाका अनुभव गरेका थिए ।

राजु दाइ, हामीले हजुरले वुनपाको मेयरमा उठ्न मन नगर्ने पो हो कि भन्ने डर थियो । संबिधानले तय गरेको अहिलेको स्थानीय तहका लागि अत्यन्त वुद्धिमत्तापूर्ण विकास गर्न सक्ने युवा अनुहार चाहिएको थियो । त्यो खाले अनुहारको हाम्रो नगरपालिकामा अभाव थियो । सिमित स्वार्थ र कमजोर राजनीतिक दायराभित्र भुल्नेहरुको भीडमा विकासप्रेमीहरु एक उच्चस्तरको विकासवादी व्यक्तिको रुपमा दाइलाई हेरिरहेका थिए । वुनपा मेयरका लागि नेपाली कांग्रेसभित्र पनि अरु धेरै दाइहरुले आकांक्षा राख्नु भएको थियो तर उहाँहरु सबैले दाइ उम्मेदवार हुँदा खुशी जनाउनुले यस नगरमा दाइको विकल्प थिएन । त्यसैले हाम्रो सुरुदेखि नै प्रयास तथा प्रार्थना नै दाइ वुनपा मेयरमा बसेर ५ वर्षमा यो नगरको विकासमा कायपलट गरिदिनु होस् । यो सुखद संयोग हो हाम्रो चाहनाअनुरुप नै दाइको उम्मेदवारी आयो ।

हामी सबै बुनपावासीले चाहेजस्तै तपाइँ हाम्रो नगरपालिकाको मेयरमा उठेको समाचारले मजस्ता धेरै मानिसको खुशीको सिमा नै रहेन । तपाइँमा रहेको विकासप्रति उच्च सोच र वुनपा बनाउने अनगिन्ति बस्तुपरक तथ्यहरुले दाइलाई चुनावी माहौलमा मजबुत बनाएको छ । विपक्षी उम्मेदवार पूर्व गाविस अध्यक्ष भएकाले उनका काम, शैली तथा धारणा जनताले बुझिसकेका छन् । त्यसैले पहिलाको गाविस अध्यक्ष हुँ भन्ने नाममा परम्परागत हिसाबले उठेको पात्रभन्दा दाइको राजनीतिक माहौल तुलना नै गर्न नसकिने उँचो छ ।

चुनावी माहौलमै उनीहरु पराजित भैसकेका छन् । अब त्यो माहौललाई भरोसायूक्तरुपमा मतपेटिकभित्र राख्न जरुरी छ । यसका लागि दाइले यतिखेर गरिरहेको बिभिन्न प्रचारात्मक गतिबिधि सारै नै प्रशंसनीय छ । दाइ नआइपुगे पनि हामी हजुरको फोटो, अपील तथा प्रतिबद्धतापत्र लिएर हामी घरघर पुगेका छौँ ।

२ वर्षअघि गएका महाभुकम्पपश्चात दाइले यस नगरमा पुर्याउनु भएको योगदानलाई हामी प्रचारप्रसारमा हिँड्दा मतदाता तथा सर्वसामान्यले सम्झिएका छन् । बुढापाकादेखि साना उमेरका मानिसभित्र पनि दाइको राम्रो छवि बन्न पुगेको छ । दाइभित्रको आध्यात्मिक चेतनासहितको सालिन, सरलता र भद्रताले हाम्रो वडावासीको मन छोएको छ । विपक्षी दलका मानिस भनेर चिनिने मान्छेहरु पनि मेयर पदमा त राजु श्रेष्ठलाई जिताउने भनेर खुलेर लागेका छन् ।

दाइ, मलाई लाग्छ वुढानिलकण्ठ नगरपालिका हजुरले सोचेजस्तै समृद्ध बन्ने मोडमा अब आइपुगेको छ । सबैतिर दाइकै चर्चामात्र छ । सबैजना सिधै राजु श्रेष्ठले जित्छ भन्छन् । दाइ, हजुरको जीत सुनिश्चित भैसकेको छ । बस अब यो सुनिश्चित वातावरण यथावत राखेर बैशाख ३१ गते ब्यालेटबक्समा बिशाल अन्तरमा जितेको हेर्ने लालसा छ । मलाई त कहिले ३१ गते आउला जस्तो भैसकेको छ दाइ ।

भावना खड्का
वुनपा ११

तपाइँको प्रतिक्रिया ।