नेपाली काँग्रेसले प्रधानन्यायधिस शक्तिपृथकिकरणको सिद्धान्त विपरित आरोप लगायो
कपन अनलाइन, काठमाडौँ । नेपाली काँग्रेसले आफुलाई स्वतन्त्र र निष्पक्ष न्यायापालिकाको पक्षमा सदैव रहेको बताएको छ । आज एक पत्रकारसम्मेलन गरी नेकाले प्रधानन्यायाधिसको भूमिका शक्तिपृथकिकरणको सिद्धान्त विपरित गएकाले उनीमाथि महाभियोग लगाएको काँग्रेसले बताएको छ ।
सानेपामा कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता तथा प्रचार प्रसार समन्यन उपसमितिका संयोजक रमेश लेखकले स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित नभएको बताएका छन्। लेखकले न्यायापालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र स्वच्छ कायम राखेर न्यायपालिकालाई सबल बनाउन यो महाभियोग लगाइएको बताए। उनले थपे, ‘यो न्यायपालिका विरुद्ध हैन । यो न्यायपालिकामा मर्यादित काम हुन नसकेको अवस्थामा प्रधानन्यायाधिस माथि मात्र यो महाभियोग हो । यो स्वतन्त्र न्यायपालिका विरुद्ध लक्षित हैन । काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ र रहन्छ । लेखकले पत्रकार सम्मेलनमा भने, ‘ न्यायपालिकाको सीमारेखा नाघेर कार्यपालिकाको सीमारेखामा प्रवेश गरेका कारण कार्कीमाथि महाभियोग लगाइएको बताए। ‘
सबै कार्यकर्तालाई स्थानीय चुनाव केन्द्रित हुन आग्रह गर्दै कांग्रेसले गृहमन्त्री विमलेन्द्र निधीले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट दिएको राजीनामा स्विकृत हुने र अर्को नेता पार्टीका तर्फबाट गृहमन्त्रालय सम्हाल्न जाने बताएको छ । त्यसका लागि पार्टीका शिर्ष नेताहरुले निर्णय गर्ने बताउँदै महामन्त्री सशांक कोइरालाले दोस्रो चरणको चुनाव पछि बजेट आउने बताए।