जनताविरुद्ध षड्यन्त्र नगर्न एमाले कार्यवाहक अध्यक्ष गौतमको चेतावनी

कपन अनलाइन 

अधिकारसम्पन्न हुन लागेका नेपाली जनताविरुद्ध षड्यन्त्र नगर्न नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले चेतावनी दिएका  छन्  । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटि ललितपुरले आयोजना गरेको निर्वाचन अभियानको उद्घाटन तथा झण्डा हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै गौतमले यस्तो चेतावनी दिए ।

नेकपा एमालेको देशव्यापी माहौल देखेर आत्तिएका काँग्रेस माओवादीको मिलेमतोमा संविधान संसोधन प्रस्ताव तयार हुनु षड्यन्त्रको पराकाष्ठा भएको पनि गौतमले बताए  । एमाले जस्तासुकै षड्यन्त्रहरुलाई पनि चिरेर जनताको मत हासिल गर्न आतुर रहेको पनि बताए  ।
एमाले पोलिटव्युरो सदस्य रघुजी पन्तले नेकपा एमालेले घेरावन्दीका बीच उभिएर जनताको साथमा सामन्तवादसंग लडाई लडेको स्मरण गर्दै सम्पूर्ण शक्ति एमालेको विरुद्ध लागे पनि एमालेले प्रतिवाद गर्ने हैसियत भएको बताए  । केन्द्रीय सदस्य सुशिला नेपालले ललितपुरका छ वटै स्थानीय तहमा एमालेलाई विजयी गराउन अनुरोध गर्दै एमालेको विजयले मात्रै मुलुकलाई न्याय दिन सक्ने पनि जानकारी दिए  ।
निर्वाचन परिचालन कमिटिले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० भन्दा बढीले पार्टी प्रवेश गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।