जोरधारा बिरूध्द अख्तियारमा उजुरी !

कपन अनलाइन करिब ८५० घर परिवारलाई खानेपानीको व्यवस्था गर्दै आएको  जोरधारा  खानेपानी संस्था विरुद्द अख्तियारमा उजुरी परेको छ । केही समयदेखि आफ्नो आन्तरिक  लेखाका कारण  विवादमा आएको जोरधारालाई  सामाजिक लेखापरीक्षक भनिएका गंगाबहादुर श्रेष्ठले  सामाजिक लेखा परिक्षकहरुले   बनाएको लेखा परिक्षण रिपोर्ट नै  जोरधाराका संचालकहरुले उपभोक्ताहरुलाई नदेखाई आफैले   हचुवाको भरमा  लेखा प्रतिवेदन  निकाली पारित गरेको भनेर मिडियामा बोलेपछि विवाद बढेको थियो ।

उजुरी  दर्ता भएको तर्फ इंगितगर्दै अख्तियार स्रोतले कपन अनलाइनलाई   हामी  आवश्यक  अनुसन्धानमा छौं भनेर जानकारी दिएको छ । 

जोरधारामा अनियमितता भएको हो वा होइन भन्ने  विषयमा सिजेएमसी  एफ एम  ले संचालन गरेको  कार्यक्रममा जोरधारा खानेपानी संस्थाका संरक्षक के बि मराहट्ठा तथा सामाजिक अडिटर भनिएका  गंगाबहादुर श्रेष्ठले के के कुरा गरे  रेडियो कयेक्रम सुन्नका लागि यहाँ क्लिक गर्नुहोला । 

 

 

तपाइँको प्रतिक्रिया ।