नयाँ शक्तिको धर्ना

कपन अनलाइन 

लुम्बिनी, २१ चैत । नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला र नगर संयोजकसहित ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देही घेराउ गर्दै धर्ना दिन पुगेका नेता तथा कार्यकर्ताले कार्यालयको काम नै प्रभावित गर्ने गरी नाराबाजी गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामा नयाँ शक्ति नेपालका गोविन्द केसी, दिलीप बिकेसहित चारजना घाइते भएको नयाँ शक्ति नेपालका सिद्धार्थनगर संयोजक सञ्जय बजिमयले जानकारी दिनुभयो । घाइते केसीको हात भाँच्चिएको र उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको छ । अन्य घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको बताइन्छ ।

प्रहरीले नयाँ शक्ति रुपन्देहीका जिल्ला संयोजक देवेन्द्र पाण्डे, नगर संयोजक बजिमय, निर्दोष वलीलगायतलाई नियन्त्रणमा लिएको नयाँ शक्तिले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।