मेलाम्ची घ्याङ स्कूल जिल्लाभरी वाहवाही

कपन अनलाइन /सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको हेलुम्बु गाउँपालिकामा रहेको श्री मेलाम्ची घ्याङ स्कूलले जिल्लाको सामुदायिक स्कूलहरुको कोटीमा उत्कृष्टता देखाउँदै आएको छ । यस शैक्षिक सत्रको अन्त्यमा आयोजित एक औपचारिक कार्यक्रममा सहभागिहरुले यस स्कूलको शैक्षिकस्तर तथा अन्य गतिबिधिको ठूलो प्रशंसा गरे ।

जिल्लाकै सम्मानित स्कूल भनेर चिनिने यो मेलाम्ची घ्याङ स्कूलको प्रशंसा विद्यालयकर्मीहरुले मात्र नगरी पत्रकार तथा समाजसेवीले पनि गरेका छन् । शैक्षिक सत्रको अन्त्यमा भएको कार्यक्रममा वर्षभरीमा सम्भवतः देशमै सबैभन्दा धेरै खुल्ने विद्यालय भएको जानकारी दिइयो । कार्यक्रममा बोल्दै  विद्यालयका प्रधानअध्यापक पूर्णबहादुर गौतमले जानकारी  दिँदै भने वार्षिकरुपमा हुने प्रवेशिका परीक्षामा पनि सिन्धुपाल्चोककै उत्कृष्ट विद्यालय रहेको बताए ।

सामुदायिक स्कूलअन्तर्गत देशमै यस स्कूलको वाहवाही रहेको कार्यक्रमका वक्ताहरुले बताए । मेलाम्ची घ्याङ स्कूल अंग्रेजी माध्यमबाट पढाई हुने सामुदायिक विद्यालय हो । राजधानीमा बस्नेहरुले पनि यस विद्यालयमा आफ्ना विद्यार्थीहरुलाई पढाउने गरेका छन् ।

संस्थापक अध्यक्ष कामी लामाको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौंदेखि गएका पत्रकार ध्रुव दंगालसहित साथमा कोरियन समाजसेवी र स्थानीय समाजसेवी भवनाथ आचार्य, पूर्व गाविस अध्यक्ष पासाङ लामालगायतका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।