नेपाल–पाकिस्तान सांस्कृतिक सम्बन्धमा जोड
कपन अनलाइन
कठमाडौँ, १४ चैत । नेपाल–पाकिस्ताबीचको परम्परागत मैत्री सम्बन्धलाई सांस्कृतिक पक्षले अझ कसिलो बनाएको यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताहरुले बताउनुभयो ।
नेपाल–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्ष पुगेको अवसरमा पाकिस्तान अध्ययन केन्द्रको आयोजनामा यहाँ भएको नेपाल–पाकिस्तानबीच सांस्कृतिक सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा कूटनीतिक स्थापनापछि दुई देशलाई यहाँको सांस्कृतिक पक्षले अझ नजिक तुल्याएको वक्ताहरुले धारणा राख्नुभयो ।
सन् १९६० मार्च २९ मा नेपाल–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो भने सन् १९६० मा दुई देशका रेडियो र टेलिभिजनमार्फत सांस्कृतिक सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने गरी सांस्कृतिक सम्झौता गरिएको थियो ।
अन्तक्र्रियामा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयशम्शेर राणाले दुई देशबीच भौगोलिक निकटता मात्र नभई सांस्कृतिक पक्षहरु खासगरी खानपिन, पहिरन र सङ्गीतका क्षेत्रमा धेरै समानता रहेको बताउनुभयो ।
उहाँले दुबै देशका नागरिकबीच आपसमा गरिने सम्मान, निस्वार्थ आतिथ्यता र भाषागत मिठासपनले सम्बन्ध जनस्तरमा विस्तार भएको छ भन्नुभयो ।
नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत जाभेद अहमेद अमरानीले दुई देशबीच भौगोलिक र सांस्कृतिक निकटता रहेको र यसले राजनीतिक एवम् जनस्तरको सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो ।
कार्यक्रममा डा साफल्य अमात्यले कालाकार, नर्तक, गायक, नाट्ययकर्मीले पनि दुई देशको सांस्कृति सम्बन्धलाई अझ आत्मीय बनाएका छन्, भन्नुभयो ।
कार्यक्रममा केन्द्रका प्रथम उपाध्यक्ष केशवराज झा, द्वितीय उपाध्यक्ष निमकुमार मानन्धरले गत वर्षको भूकम्पमा ध्वस्त भएको पुरातात्विक र सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणमा पाकिस्तानले पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । रासस