कोइरालाको स्वास्थ्यमा सुधार

भारतको मुम्बईमा उपचाररत अभिनेत्री मनीषा कोइरालाको स्वास्थ्यमा सुधार आएको छ। अस्वस्थ भएपछि भारतको मुम्बईस्थित जसलोक अस्पतालमा कोइरालाको पेटको शल्यक्रिया गरिएको थियो। अस्पताल श्रोतलाई उदृत गर्दै विभिन्न संचार माध्यमहरुले मनिषालाई क्यान्सर भएको बताएका छन्। उनको पारिवारिक श्रोतले भने स्वास्थ्यमा ठूला समस्या नभएको बताएको छ।

 यस अघि काठमाडौंमा रहेकी मनीषालाई एक्कासी पेटको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो। परीक्षणका रिपोर्टहरु आउन बांकी नै रहेको जसलोक अस्पताले जनाएको छ। मनिषा बिरामी भएपछि उनका परिवारका सदस्यहरु मुम्बइ पुगेका छन्।

तपाइँको प्रतिक्रिया ।