गोकर्णेश्वरमा विरेन्द्र भारती आए, थपलिया बिदा भइन्

कपन अनलाइन 

काठमाडौ जिल्लाको उत्तरपूर्वि दिशामा रहेको प्रशिद्ध गोकर्णेश्वर मन्दिरको नामबाट रहेको गोकर्णेश्वर नगरपालिकाको कार्यकारी प्रमुखमा विरेन्द्रदेव भारती आएका छन् । सरकारले निर्वाचनको मुखमा गरेको सरुवामा भारती गोकर्णेश्वर नगरपालिकामा परेका हुन् । छिमेकी बुढानिलकण्ठ नगरपालिकामा केही समय कार्यकारी अधिकृतको रुपमा उल्लेखनीय काम गरेका अनुभव रहेको छ भारतीसँग । विशेष गरी ०७२ सो महाभुकम्पको बेला उनले बुनपामा उनले गरेको काम प्रशंसनीय मानिन्थ्यो ।

 

गोकर्णेश्वर नगरपालिका परिसरमा आज अपरान्ह भएको एक औपचारिक कार्यक्रममा भारतीले कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका हुन् । कार्यालय बहाली कार्यक्रममा बोल्दै नेपाल सरकारका उपसचिव भारतीले नयाँ बनेका नगरपालिकाको संस्थागत विकासका लागि आफूले भूमिका निर्बाह गर्ने बताए ।

हेर्नुहोस् भिडियो :-

हालकी कार्यकारी अधिकृत महिला कार्यकारी अधिकृतको रुपमा काठमाडौंमा अग्रणी भूमिका खेलेको भनेर चर्चित बनेको इन्द्रकुमारी थपलियालाई पनि आजको कार्यक्रममा सम्मानपूर्वक बिदाई गरिएको थियो । थपलियाले गोकर्णेश्वर नगरपालिकाको सुरुवाती चरणको विकासमा महत्वपूर्ण काम गरेको भनेर चर्चा बटुलेकी थिइन् । बिदाई कार्यक्रममा भावुक बनेकी थपलियाले सबैको साथ सहयोगका लागि धन्यवाद् दिँदै गोकर्णेश्वरको विकासमा अझै आफूले पहल गर्ने बताइन् ।

 

कार्यक्रम सहजीकरण समितिका श्रीकृष्ण ज्योती, उद्धब बडाल, देवकी नेम्वाङसहित बिभिन्न व्यक्तिहरुले नयाँ आउने कार्यकारी अधिकृत भारतीलाई स्वागत र बिदाई हुने कार्यकारी अधिकृत थपलियालाई धन्यवाद ज्ञापन गरेका थिए ।

हेर्नुहोस् फोटोहरू :-

तपाइँको प्रतिक्रिया ।