करेन्ट लागेर मृत्यु

कपन अनलाइन 

बर्दिया, ५ चैत । ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ ।

ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । चौधरी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।