कपन गाविसको नयाँ बजेटः नयाँ सोच

विकासको नाममा लामो समयदेखि बाटोघाटोमा नै अल्झिरहेको कपन गाविसले यस पटकको आफ्नो वार्षिक बजेटमा केही नयाँ तथा अनुकरणीय कार्यक्रमहरु सार्वजनिक गरेको छ । यहि मंसिर २ गते बसेको कपन गाविसको सर्वपक्षीय बैठकले सार्वजनिक गरेको बजेटका शीर्षकहरुमा राखिएको नयाँ विषयहरुले अब कपन गाविस नयाँ ढंगले चल्ने आभाष दिन्छ ।

कपन गाविसले नयाँ मान्यतासाथ विनियोजन गरेको नयाँ कार्यक्रमहरु:-

  • गाविसले नयाँ भवन बनाउन रु. २५ लाख । 
  • सौर्य उर्जाबाट चल्ने सडक बत्ति जडान गर्न रु. ४ लाख । 
  • गाविसले न्युनतम शुल्कको वाइफाइ सञ्चालनलाई बजेट छुट्यायो रु. ५ लाख । 
  • नयाँ कभर्ड हल बनाइने ४ लाख ५० हजार । 
  • खुल्ला दिशापिसाव मुक्त क्षेत्र घोषण तथा केही सार्वजनिक शौचालय निर्माणका लागि रु. ८ लाख । 
  • वातावरण संरक्षण कार्यक्रमका लागि रु. १ लाख ५० हजार ।

मानवीय विकासका क्षेत्रमा केही नयाँ बजेट बुँदाहरु देख्दा बौद्धिक जनमानस खुशी भएका छन् । विशेष गरेर सडकमा सौर्य बत्ति जडान, वातारण संरक्षण, कभर्ड हल र सार्वजनिक सौचालयको नयाँ अवधारणसहित योजनाका लागि बजेट नै छुट्याएर कपन गाविसका जनतालाई नयाँ पद्धतिमा ल्याउने प्रयास मात्र गरेन अरु गाविसहरुलाई पनि यस्ता कार्यक्रम ल्याउन अभिप्रेरित गरेको छ । बजेटका रुपमा नयाँ बुँदाहरु देखिए पनि यो योजनाहरु कसरी कार्यान्वयन गर्ने बारेमा नीति तथा कार्यक्रमको खाका भने गाविसले निर्माण गरेको छैन ।

पूरानो र जीर्ण बभन्दा कमजोरको सूचिमा पर्दछ । हाल कपन गाविस रहेकै परिसरमा निर्माण हुने नयाँ गाविस भवनलाई निसकेको कपन गाविसको हालको भवनले सेवाग्राहीहरुलाई समुचित सेवा दिन नसकिरहँदा चारैतिर आलोचित भैरहेको अवस्थामा यसै वर्ष आर्थिक वर्षभित्र नयाँ गाविस भवन निर्माणका लागि बजेट छुट्याइएको छ । काठमाडौ जिल्लामा रहेका गाविस भवनहरुमा हाल कपन गाविसको भवन सबै हाल रु. २५ छुट्याइए पनि यो बजेट भने अपुग हुने सम्भावना रहेको छ ।

बाटोलाई प्राथमिकता दिने क्रममा बाटोलाई विकासको पर्याय सोच्ने पुरानो मानसिकताले कपन आज अव्यवस्थित घरघरैको थुप्रोमा परिणत भएको छ । यद्यपि बाटाहरु जग्गा किनबेचको माध्यम बन्न जाँदा मापदण्ड विहिन बस्तिको रुपमा कपन विकसित भैरहेको छ । कपनको समग्र विकासमा गाविसले ल्याउने योजना तथा नीति नियमा सबैभन्दा महत्वपूर्ण हुने भएकोले यस पटक बार्षिक बजेटमा उल्लेख गरिएको नयाँ योजनाले कपन गाविसलाई नयाँ उचाईमा पुर्याउन मद्धत गर्दछ भन्ने धारण राख्दछन् कपन १ का गौरब थापा । उनी अनुसार अब जनताको क्षमता विकासमा गाविसले बजेट छुट्याउन थालेका आभाष गर्दछन् ।

 

  • हचुवाको भरमा वाइफाइ कार्यक्रम आयो

गाविसले महत्वाकांक्षी कार्यक्रम ल्याउने क्रममा अत्यन्त हचुवाको भरमा कपन गाविसमा वाइफाइ कार्यक्रम संचालन गर्ने कार्यक्रम ल्याएको छ । ५ लाख बजेट छुट्याइएको सुचना प्रविधि तथा वाइफाइ शीर्षकको कार्यक्रम अन्तर्गत कपनभरी वाइफाइ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । वाइफाइ सञ्चालन गर्ने पद्धति बारेमा कुनै पनि अध्ययन बिना हचुवाको आधारमा ल्याइएको यस कार्यक्रमअन्तर्गत केही निजी(मर्कन्टाइल, वल्र्ड लिंक) जस्ता इन्टरनेट सेवा प्रदायकहरुसँग सेवा किनेर टावर राखेर यो सेवा प्रदान गरिन्छ । जुन सेवाका लागि यो बजेट अपुग मात्र छैन हरेक वर्ष वार्षिक शुल्क तथा अपरेटिङ खर्च वापत ठूलो बजेट छुट्याउन पर्ने हुन्छ । त्यसो गर्दा पनि कपनवासीले सबैले यो सेवा प्राप्त गर्न सक्दैनन् । यस्तो खाले सेवा नेपालमा लागु भएको देखिदैन । स्वयम् यस प्रकारको सेवा प्रदायकहरु पनि यो सेवा प्रभावकारी नभएको जानकारी दिने गर्दछन् । हालै नेपाल टेलिकमले फोर्थ जेनेरेसन प्रविधि वाइम्याक्सलाई नेपालमा लागु गरेको छ । यो प्रविधि गाउँ केन्द्रित भएकोले कपन गाविसले सोचेको वाइफाइ जोनको काम टेलिकमको यो वाइम्याक्स प्रविधिले गर्ने भइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।