चट्याङ लागेर १० घाइते

कपन अनलाइन 

फलेवास (पर्वत), २८ फागुन । चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन् । खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १० जान घाइते भएका हुन् ।

घाइतेको फलेवासमै रहेको धुलिखेल अस्पताल खानीगाउँमा उपचार भइरहेको छ । घाइतेको खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चट्याङले पोलेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार केहीको अवस्था जटिल रहेको छ । पटक पटक परेको चट्याङले लागेर ठूलो सङ्ख्यामा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइतेको फलेवासमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मीले उद्धार गरेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।