बैशाख १ गतेबाट सरकारी अस्पतालमा नि:शुल्क मृगौला प्रत्यारोपणको घोषणा
कपन अनलाइन, काठमाण्डौ। विश्व मिर्गौला दिवसको अवसर पारेर स्वास्थ्य मन्त्री गगन कुमार थापाले बैशाख १ गत देखि सरकारी अस्पतालहरुबाट निशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । यसका लागि स्वास्थ्य मन्त्रालय तीव्र तयारीमा जुटेको थापाले जानकारी दिए ।
विश्व मिर्गौला दिवसको अवसरमा नेपाल किड्नी फाउण्डेसन र पाटन प्याथल्यावले संयुक्त आयोजना गरेको र्यालीसहितको कार्यक्रम उद्घाटन र सम्बोधन गर्दै मन्त्री थापाले सबै सरकारी अस्पतालबाट निशुल्क प्रत्यारोपण गरिने बताए । थापाले सरकारले प्रत्यारोपण निशुल्क गरेपछि मिर्गौलारोगको उपचारमा भन्दापनि रोकथाममा ध्यान दिनुपर्ने बताए ।
‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मृर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ आज ९ मार्चका दिन मनाइँदै गरेको विश्व मृगौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनले पाटन प्याथल्यावसँगको सहकार्यमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।