स्थानीय निकायको चुनाव र व्यक्तिगत सकपकाहट

कपन अनलाइन, काठमाडौँ । 

२०७४ साल वैशाख ३१ गते स्थानीय निकायको चुनाबको मिति घोषणा संगै राजनीतिक तरंगले अहिलेको स्थिर समयभन्दा केहि चलायमान भएको छ । काठमाडौँ जिल्लामा रहेको बुढानिलकण्ठ नगरपालिका अन्य स्थानभन्दा अलि पृथक रहेको छ । निर्बाचन क्षेत्र नं. ५ का केही स्थान र निर्बाचन क्षेत्र नं. ४ मा रहेको बुढानिलकण्ठ नगरपालिकामा स्थानीय स्तरमा राजनीति गर्नेहरु आफूलाई सबल र योग्य उम्मेदवार देखाउन आबस्यक कसरतमा लागिसकेका छन् ।
यतिबेला बुढानिलकण्ठ नगरपालिकाबाट कुन राजनतिक दलबाट कसले मेयर पदको लागि टिकेट पाउने सम्भावना छ भन्ने कुराहरु हुने गरेको छन् । सतही रुपमा हेर्दा नेपाली कांग्रेस नेकपा एमाले नेकपा मावोबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच नै प्रतिस्पर्धा हुने देखिन्छ तर स्थानीय निकायको निर्बाचनमा कुन पार्टीले को उम्मेदवारलाई टिकेट दिने छन् भन्ने बिषय पनि महत्वपुर्ण हुने देखिन्छ ।

 

 

 

बिजेन्द्र पुडासैनी
-दृष्टिकोण

बुढानिलकण्ठ नगरपालिकामा नगर सहजीकरण समितीमा बसेर काम गरिसकेको आधार लिएर हेर्दा नेपाली कांग्रेस बाट न्हुच्छेनारायण श्रेष्ठ राजाराम बुढाथोकीलाई टिकट दिने पहिलो महत्व राखिने अनुमान गर्न सकिन्छ । त्यसैगरी नेकपा एमालेबाट उद्धव खरेल र बिदुर बिक्रम खड्का नगर सहजीकरण समितिमा काम गरेकाले बढि सम्भावना रहेको बताइन्छ ।
नेकपा माओवादी केन्द्रबाट रबिन अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम बहादुर खत्री र आइते लामा(सानुभाइ)लाई सम्भावित मेयर पदका प्रत्यासीका रुपमा देख्न सक्नेछन् । त्यसैगरी मन्त्रीसमेत रहेका सांसद गगन थापाको निर्वाचन क्षेत्रबाट बढि मत लिने बुनपामा नेपाली कांग्रेशका गणेश कोइराला, सानु श्रेष्ठ, इन्द्र बहादुर थापा, आत्माराम पौडेल दामोदर खड्का र गोकर्ण के.सी पनि मेयर पद आफूलाई चाहिने लविङ गरिरहेका छन् । गणेश कोइराला, इन्द्र बहादुर थापा लगायतका केहि कांग्रेशका उम्मेदवारहरुले आफ्ना सामाजिक संजाल मार्फत पदका दाबि समेत गरि सकेका छन् ।
नेकपा एमालेबाट कुसुमकुमार कार्की, दिपक निरौला, बालकृष्ण श्रेष्ठ, ध्रुवराज न्यौपाने, संगम गहतराजसमेत लाई मेयर पदका प्रत्यासीको रुपमा लविङ गरिरहेका छन् ।नेकपा माओवादी केन्द्रबाट रबिन अधिकारीको उम्मेदवारी निकै नै महत्वपूर्ण मानिएको छ । अधिकारीले अरु पार्टीका भोटसमेत तान्ने अनुमान गरिएको छ । त्यसैगरी भर्र्खर एकीकरण पश्चात दरो बन्ने सुरुमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कसलाई मेयर पदको टिकेट दिने छ भन्ने विषयले पनि ठूला पार्टीको जतिहारमा फरक पार्ने अनुमान गर्न सकिन्छ ।
माओवादी केन्द्र र राप्रपा पर्ख र हेरको नीति लिएको पनि हिजो आज चर्चाको बिषय बनेको छ । राजनीतिक दल भित्र रहेको गुट उपगुट हाबी हुने अवस्था शक्ति केन्द्र संगको सामिप्यता नेता गणको प्रिय पात्र भएर रहेका व्यक्तिले टिकेट पाउने निश्चित प्रायः छ । अड्कलबाजीहरु चिया पसलसम्म पुगिसकेको छ । आआफ्ना राजनीतिक कार्यकर्ता हरुलाई पार्टीले टिकट दिई सकेपछिको माहोल भने पक्कै भिन्न बन्ने छ ।
बुढानिलकण्ठ नगरपालिकाको सहजीकरण समितीमा बसेर काम गरिसेका व्यक्तिको हकमा भने उनीहरुले गरेका काम जनता संगका प्रत्यक्ष सम्बाद अनि बिकाश निर्माणमा उनीहरुले निभाएका भूमिका भने यस कडीमा नगरपालिका मेयर भूमिका राख्ने छ । मुलुकभरी एकै चरणमा चुनाब सम्पन्न गर्ने गरि निर्बाचन प्रक्रिया तीब्र परेको निर्बाचन आयोगले १८ बर्ष पुगेका बालीकहरुले मात्र मतदान गर्न पाउने निर्णय गरेसंगै यस नगरपालिकाका सम्भावित उम्मेदवारहरुले युवासंगका सक्षत्कार बढाएको समेत पाइन्छ ।

तपाइँको प्रतिक्रिया ।