गान्धी स्कूलले झगडा गर्दा क्षेत्र नं. २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभावित

गान्धी स्कूलले झगडा गर्दा क्षेत्र नं. २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभावित

कपन अनलाइन 

काठमाडौं क्षेत्र नं. २ मा भैरहेको नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागित स्कूलले झगडा गर्दा प्रभावित भएको छ । प्रतियोगितामा सहभागित गान्धी स्कूलका विद्यार्थीले अर्काे स्कूलको विद्यार्थीलाई हातपात गरेपछि उत्पन्न समस्याका कारण समापन कार्यक्रम प्रभावित भएको हो ।

कार्यक्रम समापन हुने क्रममा झगडा पूर्व कार्यक्रममा प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतको उपस्थिति भैसकेको थियो । भने पूर्व खेलकुद मन्त्रीलाई नै अन्य अविभावकहरुले समेत  गान्धी स्कूलका केहि खेलाडीहरुले ज्याजति गरेको गुनासो पोखेका थिए ।

यस बारेमा गान्धी विद्यालयका प्रधान अध्यापक  गणेश चन्दले भने हिजो साँझा केहि साथीहरुले फोन गर्नुभएको थियो , आज र भोलि बिदा छ अब आइतबार बसेर छलफल गर्छौ  भने  ।

जिल्ला खेलकुद विकास समितिले स्थानीय आयोजकसमेत राखेर आयोजना गरेको खेल प्रतियोगितामा गान्धी स्कूलले खेल भावना प्रस्तुत नगरेकोप्रति आलोचना भएको छ । यसरी सो स्कूलले झगडा गरेपश्चात पुरस्कार वितरण कार्यक्रम स्थगित भएको छ । केही दिनमा सान्दर्भिकता हेरेर पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक दीपा बनले कपन अनलाइनलाई बताइन् ।

तपाइँको प्रतिक्रिया ।