भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेका विरुद्ध मौखिक उजुरी
कपन अनलाइन
बनेपा, १० फागुन । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षति नव्यहोरेका व्यक्तिले पनि सरकारले उपलब्ध गराएको अनुदानलगायतका सुविधा उपभोग गरेका मौखिक उजुरी परेको छ ।
जिल्लाभरबाट त्यस्ता उजुरी आए पनि सबैभन्दा बढी पाँचखाल क्षेत्रबाट करिब एक सयको हाराहारीमा उजुरी आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गंैडाले बताउनुभयो ।
“हामीलाई सहरमा बस्ने र घर नभत्केकाले पनि सुविधा लिएको सूचना आइरहेको छ । ” उहाँले भन्नुभयो, “ पीडित नभएकाले पनि सुविधा उपभोग गरे कानुनअनुसार असुल उपर गरिने भएकाले त्यस्ता व्यक्ति विरुद्ध बेनामे लिखित उजुरी दिन भूकम्पपीडितलाई आग्रह गरिएको थियो । ”
बस्नयोग्य घर भएका, साविककै स्थानमा घर भएका र अन्य ठाउँमा पनि घर भएकाले भूकम्पपीडितको नाममा सुविधा उपभोग गरेको उजुरी छन् ।
सो समितिको केही दिनअघि बसेको बैठकले पनि भूकम्पपीडितको नाममा पीडित नभएकाले उपभोग गरेको सुविधा अविलम्ब फिर्ता गर्न सूचना जारी गरेको थियो ।
यस्तै काभ्रेपलाञ्चोकमा पुनःनिर्माणमा पानीको समस्या देखिएकाले नयाँ प्रविधिमार्फत घर निर्माण गर्न भूकम्पपीडितलाई सुझाव दिइएको छ ।
बोरामा माटो राखेर घर बनाउने र अर्को पाँच प्रतिशत सिमेन्ट र ९५ प्रतिशत माटो राखेर मेसिनको सहायताले इँट्टा बनाएर पुनःनिर्माणको काम गर्न सकिने सो समितिले जनाएको छ
जिल्लाको ¥याले गाविसमा पुनःनिर्मााणको त्यस्तो अभ्यास भएकाले पानीको समस्या भएका महाभारत शृङ्खलाडाँडापारीका गाविसमा पनि त्यसरी पुनःनिर्माण गर्न सुझाव दिएको सदस्य सचिव गैंडाले बताउनुभयो । रासस