भोलिदेखि काठमाडौँमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

भोलिदेखि काठमाडौँमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

कपन अनलाइन, काठमाडौँ । काठमाडौमा भोलिदेखि विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । काठमाडौंको दशैवटा क्षेत्रमा छुट्टाछुट्टै हुने प्रतियोगिताको उद्घाटन भोलि हुने कार्यक्रम संयोजक राधिका अधिकारीले जनाएकी छिन् ।
काठमाडौँ जिल्लाको कार्यक्रमअन्तर्गत क्षेत्र नं. ७ की कार्यक्रम संयोजक अधिकारीले उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रधानसेनापति राजेन्द्र क्षेत्री हुने बताइन् । पकनाजोलको युवक माविमा हुने उद्घाटन कार्यक्रमसँगै क्षेत्र नं. ७ को ३ दिने प्रतियोगिता आयोजना हुनेछ ।
जिल्ला खेलकुद विकास समिति काठमाडौँको आयोजनामा हुन लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हरेक क्षेत्रमा एक एक संयोजक बनाएर कार्यक्रम तय गरिएको जिखेविस काठमाडौंका अध्यक्ष ध्रुवराज न्यौपानेले बताए । पहिलो कार्यक्रम क्षेत्र नं. ७ ले आयोजना गरेसँगै अरु क्षेत्रको कार्यक्रम पनि शुरु हुने न्यौपानेले बताए ।
क्षेत्र नं. ७ की संयोजक तथा जिखेविसकी सदस्य राधिका अधिकारीले प्रतियोगितामा यथलेटिक्सलगायत बिभिन्न अरु खेल समावेश गरिएको बताइन् ।

तपाइँको प्रतिक्रिया ।