निर्वाचनका बिषयलाई लिएर कैलाली बहुमुखी क्याम्पसमा संयुक्त बिद्यार्थी संगठनद्धारा तोड्फोड
कपन अनलाइ
मिन ठकुरी,
धनगढी, २ फागुन । स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा कैलाली बहुमुखी क्याम्पसमा संयुक्त बिद्यार्थी संगठनहरुले सोमबार प्रशासनमा तोड्फोड गरेको छ ।
आइतबार लोकतान्त्रिक फोरम विद्यार्थी संगठनहरुले विद्यार्थी भर्ना र स्ववियु निर्वाचनलाई लिएर प्रशासनमा ताला लगाएर एक घण्टा शिक्षकहरुलाई प्रशासनमा थुनेपछि विवाद सुरु भएको थियो ।
सोमबार विहान क्याम्पसले कक्षा सञ्चालन नगर्ने भनेपनि संयुक्त विद्यार्थी संगठनहरु आक्रोसित भई प्रशासन तोडफोड गरेका छन् । क्याम्पसले कक्षा सञ्चालन नगरेको, स्ववियुका लागि नामावली प्रकाशन नगरेको र क्याम्पस प्रशासनले स्ववियुलाई हुन नदिने चलखेल गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
नेविस कैलाली बहुमुखी क्याम्पस इकाई सभापती सुमन केसीले फोरमले लगाएका ताला खोलीनुपर्ने र पढाई हुनुपर्ने भनेर आवाज उठाउदा बिद्यार्थीहरु आक्रोसित भएकोे बताए । प्रशासनले मतदाता सुची निकाल्नुपर्ने थियो त्यो ननिकालेको र शिकहरुले विद्यार्थीहरुलाई नपढाउने भनेपनि विद्यार्थी आन्दोलित भएको बता उनले बताए । उनले क्याम्पस प्रशाससनले स्वबियुको माहोल तयार पार्नुपर्ने बताए ।अनेरास्ववियुका चुडामणी भट्टले तोडफोड नगरेको तर ताला खोल्ने प्रयास गरेको बताए ।