एकजुट बन्दै क्षेत्र नं. ४ नेपाली कांग्रेस

एकजुट बन्दै क्षेत्र नं. ४ नेपाली कांग्रेस

कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनपश्चात छिन्नभिन्न हुनेगरी बिभक्त भएको नेका क्षेत्र नं. ४ विस्तारै एकजुट हुँदैछ । क्षेत्र नं. ४ ले केन्द्रको १७ बुुँदे पत्रका आधारमा इकाइस्तरीय कृयाशील भेला आयोजना गर्ने क्रममा १ वर्षे कलुषता मत्थर हुँदै गएको अनुमान गरिएको छ ।
विशेषगरेर क्षेत्रीय सभापति र यस क्षेत्रका सांसदबीच तालमेल मिलेको छैन भन्ने विषय १ वर्ष पारगर्दा कृयाशिल भेलामा संगठन मजबुत बनाउनतिर क्षेत्रीय नेताहरुले देखाएको भूमिकाले मतभेद कम हुँदै गएको अनुभूति एक कृयाशिल सदस्यले कपन अनलाइनलाई बताए । कृयाशील भेलामा सहभागि सदस्यहरूले मिलेर जानु पर्ने कुरा बारम्बार उठाएपछि यसखाले वातावरण बन्दै गएको उनको भनाइ थियो ।


शनिवार बुनपाका दुई ठूला वडाहरु वडा १२ र १४ मा बोल्दै क्षेत्रीय सभापति राजु श्रेष्ठले सांसद तथा स्वास्थ्य मन्त्रीसँग कुनै विरोधाभाष नभएको स्पष्टोक्ति दिएका छन् । सांसदले विकास निर्माण हेर्ने र क्षेत्रीय कमिटिले संगठन हेर्र्र्ने भएकाले यो विषयमा कुनै समस्या नभएको उनले बताए । श्रेष्ठले सांसद तथा स्वास्थ मन्त्री र क्षेत्रीय सभापतिबीच हैसियतको लडाइँ हुने सम्भावना नरहेको पनि स्पष्टोक्ति दिए । उनले विकास निर्माणको सबालमा सांसद विकास कोषको रकम पुरानो कार्यसमितिका मानिसहरु मार्फत चलेको प्रति भने गुनासो गरे ।
सभापति राजु श्रेष्ठले काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेस मजबुत रहेको बताउँदै पार्टीभित्र गुट भएको र त्यही गुटको असर यस क्षेत्रमा सामान्यरुपमा देखिनुलाई असमान्य र अतिरन्जित नबनाउन आग्रह गरे । श्रेष्ठले काठमाडौं नेकाभित्र देउवा र सिटौला समूहबीचको प्रतिष्पर्धा रहेकोले गुट गुट भनिएको हो । क्षेत्र नं. ४ मा पनि यही असर देखिएकोले होला तर सांसद तथा मन्त्री गगन थापा र आफुबीच केही पनि समस्या नरहेको दाबी गरे ।

तपाइँको प्रतिक्रिया ।