दुर्घटनामा एक ट्रक चालकको मृत्यु, अर्को चालक गम्भीर

कपन अनलाइन 

लहान, २७ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी बा ४ ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४ निवासी २७ वर्षीय हरिबहादुर लोको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

गम्भीर घाइते चालक लोको उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का ट्रक चालक मनवानपुरको हेटाँैडा–१९ निवासी रमेश चौलागाईंको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।